नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 257 · वि.सं. २०२१

नि.नं. 257 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भरपाई अस्पष्ट नभई स्पष्ट तथा निर्दिष्ट हुन पर्ने । भरपाई दिंदा बाहेक गर्नुपर्ने लिखतहरूको “बाहेक” भनी नजनाई लेखापढी लेनादेना, चिठ्ठीपत्र, इत्यादिको भनी जनाई दिएमा सम्पूर्ण व्यवहारलाई टुङ्गाएको मानिने । .......आज अघि हामीहरूमा जो जे भएको लेखापढी चिठ्ठी चपेटा कागजपत्र बहीखाता इत्यादिको हर हिसाब भन्ने लेखिएको, यसै जग्गा सम्बन्धको हरहिसाबमात्रलाई लिएर लेखिएको हो भन्ने कुरा भरपाईमा प्रयोग भएको बाक्याँशहरूबाट देखिएन । त्यस्तो अतिरिक्त लेखापढी चिठ्ठीपत्र बहीखाता इत्यादि चितल दरपीठ र रद्द हुन छुटपुट भई बाँकी रहन गएको भए पनि पछि कुनै व्यहोराबाट सो प्रमाण लाग्ने केही देखाई यो फारगती बाहेकको छुट्टा हो पाउनु पर्छ भनी रुपैयाँ पैसा जग्गा जमिन लेनादेना इत्यादिमा लेखिए मध्ये कसैसँग पनि दावी गर्र्ने छैन” भन्ने शब्दहरूसमेत उल्लेख भएको यो फारगती भन्ने शब्द परे पनि निचोडमा भरपाई गरी दिए भन्नेसमेत लेखिएको मौजा सम्बन्धमा यो यो कागजको चितल दरपीठ हुन पर्ने अवस्था पर्ने भन्ने वादीतर्फबाट कुनै कुरा खुलाउन पनि नसकेको र लेनदेनको तमसुक इत्यादिमानै चितल दरपीठ हुने अवस्था पर्ने हुनाले जग्गासम्बन्धीमात्र हो भन्ने वादी वक्षका भनाइ मनासिव नदेखिने । वादी दावीको लिखत उक्त भरपाई हुनु भन्दा अघिको देखिएको छुट्टै लिखत भएको हुनाले त्यस्तो लिखतलाई बाहेक गरेर जग्गा सम्बन्धको कारोबारलाईमात्र भरपाई भएको भए त्यस्तो बाहेक गरिएको लिखतहरूको पनि भरपाईमा बाहेक गरी अथवा जग्गा सम्बन्धकोमात्र हो भन्ने उल्लेख हुनुपर्ने, सो नभएबाट पनि वादी प्रतिवादीकोबीच भए गरेको लेखापढी चिठ्ठी चपेटा लेनादेना इत्यादि सम्पूर्ण व्यहारलाई अन्तिम तवरले राफसाफ गरी छिनाफाना गरेकै देखिन्छ । माथि लेखिएको कारणहरूबाट उक्त भरपाई हुँदाको बखत यो वादी दावीको लेना भईसकेको भन्ने भरपाईबाट प्रष्ट देखिएकोले सावाँव्याज भराईपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । तसर्थ सो नपुग्ने ठहराईएको माननीय न्यायाधीश श्री भैरवप्रादज्यूको राय फैसला मुनासिब ठहर्छ । (प्रकरण नं. ११,१२) वादीतर्फ : प्लीडर नन्दिकेशर शिवाकोटी ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.257
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2021/08/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रादज्यूको राय फैसला मुनासिब ठहर्छ । | माननीय न्यायाधीश श्री भैरबप्रसाद उपाध्यायको राय फैसला । | माननीय न्यायाधीश श्री भैरवप्रसादज्यूले वादीको रुपैयाँ बुझी सकेको ठहराए गर्नु भएकोमा राय सहमत नहुँदा सर्वोच्च अदालत नियमावली ३१ बमोजिम निर्णयको लागी फुल बेञ्चमा पेश गर्नु भन्ने २०२०।३।२४।२ माननीय न्यायाधीश गु.प्रो. उपेन्द्रराजज्यूको राय फैसला । | माननीय न्यायाधीश श्री भैरबप्रसादज्यूको राय फैसला मनासिव ठर्हछ अरु तपसीलबमोजिम गर्नु । | माननीय न्यायाधीश श्री गु.प्रो. उपेन्द्रराज पण्डितज्यूले गर्नु भएको राय फैसला मनासिव छ । लिखतको मितिबाट आजसम्म १० वर्ष भित्रै हुँदा डिभिजन बेञ्चको फैसला मितिदेखि आजसम्मको व्याजसमेत भरी पाउने ठर्हछ । उक्त बहुमतबाट वादी दावी नपुग्ने ठहर भएको र सोही नै कायम हुने हुँदा अरु केही गर्नु परेन ।
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 257
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्