नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 256 · वि.सं. २०२१
नि.नं. 256 — हकसफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रजिष्ट्रेशन पास नभएको लिखतबाट जग्गामा दावा पुग्न नसक्ने, कागज परिसकेपछि मात्र भोग गरेको प्रमाणलाई पक्कामान्न नमिल्ने । झगडा परेको जिमिदारी जिमिदार कृष्णराजबाट राजिनामा लिएको पास नभए पनि भोग गरी आएको भन्ने निवेदकको जिकिर देखिन्छ । राजिनामा भएको भनेको ०३।८।१३ को लिखित पास नभएमा प्रतिवादी सावितै हुनाले त्यस्तो पास नभएको लिखतबाट रजिष्ट्रेशनका ७ नं. ले जग्गामा दावा पुग्न नसक्ने र लिखित पास नभए पनि भोग गरेको भन्ने हकमा पेश भएका रसिद हेर्दा मुद्दा परेपछिको १६ सालको पोत बुझाएको रसिदमा भोगवाला यज्ञबहादुर भनी जनिएको देखिए पनि सो भन्दा अघिको पोत बुझाएको रसिदमा हस्ते भन्नेमात्र जनिएको देखिन आएकोले झगडा परिसकेपछि भोगवाला भनी जनिएको भरले वादीको राजिनामा गराई लिएको हैसियतबाट भोग भइ पक्का भईसकेको भन्न नमिल्ने । (प्रकरण नं.१३) निवेदकतर्फ : प्लीडर सुधानाथ पन्त प्लीडर ठाकुरप्रसाद खरेल विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 256 |
|---|---|
| मुद्दाको विषय | हकसफा |
| निर्णय वर्ष / मिति | 2021/04/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२१, नि.नं. 256 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
