नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2553 · वि.सं. २०४२
नि.नं. 2553 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानुनी व्यवस्थाबाट अंश हक जन्मसिद्ध अधिकार भएको देखिन्छ, कानुन प्रदत्त जन्मसिद्ध सो अधिकारलाई कानुनले मात्र समाप्त गर्न सक्छ कानुनले प्रष्टतया अधिकार नदिएसम्म जन्मसिद्ध कानुनी अधिकारलाई छोड्ने छोडाउने कागज गराए पनि सो कागजको मान्यता हुनसक्ने देखिएन । (प्रकरण नं. १८) अंश नपाएकोमा सो पाउनको लागि कुनै हदम्यादको व्यवस्था भएको देखिन नआएकोले चित्त नबुझे वादीले नालिश (प्रसंग हेर्दा “नालिस” को सट्टामा “वालिग” हुनु पर्ने देखिन्छ ।–संयोजक) भएको मितिले तीन महिना भित्र नालिश गर्नुपर्ने भन्ने प्रतिवादी जिकिर सर्वथा तर्कहीन देखिने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2553 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2042/11/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंहज्यूको राय भएको ०४०।१।१२ को फैसला । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2553 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
