नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 255 · वि.सं. २०२१

नि.नं. 255 — थैली बुझाई हक सफा गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सुक्री बिक्री गरी दिएको जग्गामामात्र हकवालाले हक सफा गर्न पाउने । हक सफा गर्न पाउँ भनेको जग्गा विषयको किर्तिवीर शाही आगे भइ प्रतिवादी जेउदे लोहारसमेतलाई ०१२।९।१२।३ मा गरिदिएको लिखतमा ‘तिमी धनीले नै मानि खाई आएको भुलबाट मेरा नाउँमासमेत दर्ता भएकोमा दस्तुर खाइ दिए मैले र मेरा सन्तानले दावी गर्ने छैन । तपसीलमा लेखिएका खाइकरलाईसमेत अंश दिई तिमीले र तिम्रा सन्तानकोसमेत हक भइ हाम्रो र हाम्रा सन्तानको हक छुट्टाई चलन भोग गरी खानु भन्नेसमेत उल्लेख भएको देखियो ।’ सुक्रिबिक्रीको राजिनामामा यस किसिमसँग लेखिने अवस्थै नपर्ने, साहु हुने जेउदेसमेतले राजिनामा लिएको भए अरु खाइकरसमेतलाई अंश दिनु भन्ने प्रयोजन नै नपर्ने हुनाले सुक्रिबिक्री गरी राजिनामा दिएको भन्ने नदेखिइ प्रतिवादीहरूले नै अघि देखि खाइ आएको जग्गा भूलबाट दर्ता भएको भनी निजहरूको जग्गा निजहरूलाई छाडिदिएको भन्ने सिद्ध हुन आएकोले यस्तोमा हक सफा गर्ने प्रश्नै नउठ्ने हुनाले हक सफा गर्न पाउँ भन्नेसमेत निवेदकको जिकिर पुग्न सक्तैन । हक सफा गरी निखनी लिन नपाउने ठहराएकोसमेत ०१५।१०।१२ को डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १०) निवेदकतर्फ : प्लीडर ठाकुरप्रसाद । विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.255
मुद्दाको विषयथैली बुझाई हक सफा गरी पाउँ
निर्णय वर्ष / मिति2021/04/13
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 255
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्