नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 254 · वि.सं. २०२१

नि.नं. 254 — पसलबाट उठाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीसँग सम्बन्धनै नभएको व्यक्तिबाट गराई लिएको कबुलियतले वादीलाई बाध्यता गराउँदैछ भन्न नहुने । झगडा परेको पसलमा प्रतिवादी बसी आएका सावितै हुनाले प्रतिवादीबाट वादीले वाहाल पाउने नै देखिएकोले के कति दरले कहिलेसम्म पाउने हो भन्नेतर्फ विचार गर्दा, वादीको दाता भक्तलालको बाबु कृष्णलालबाट रु. ६१ बहाल तिर्ने गरी कबुलियत भएको भन्ने प्रतिवादीको जिकिर भएको वादीले फास्र्या गरी लिईसकेपछि वादी र प्रतिवादीका बीचमा भएको कबुलियत शर्त बेगर फास्र्या लिएपछि हकै नहुने बीचको कृष्णलालसँग गराई लिएको कबुलियततर्फ वादीलाई बाध्यता गराउँछ भन्न मिलेन । (प्रकरण नं. २१) (२) कस्तो अवस्थामा घरधनीले आफ्नो घरमा बसेका बहालवालालाई हटाउन पाउने । घर पसल आफैलाई चाहिएको भन्ने वादीमा दावी नै नभएकोले घर बनाउनेका २३ नं. ले जनाउ नदिई ऐ २४ नं. ले उठाउन नपाउने, उठ्न नपरोस भन्ने पनि निवेदकतर्फको बहस जिकिरतर्फ पनि फिराद हेर्दा, ०९ साल कार्तिक ७।५ मा फार्से गराई लिई अन्यायवालालाई सोही कार्तिक ७।५ मानै पसलबाट उठी दिनु मेरो पसल सानु भएकोले पसल बेगर हर्जा भयो भनी भनेको भन्ने कुरो उल्लेख भईरहेको देखिन आएकोले आफैलाई चाहियो दावी नभएको भन्न र ०९।७।७।५ का दिन उठी जाउ भनेका कुरालाई लिई ०९।१०।१३ मामात्र यो उठाई पाउँ भन्ने नालेस परेको देखिएकोले घर बनाउनेको २४ नं. का ऐनबमोजिम ३५ दिन अगावै सूचना नदिएको भन्न मिलेन । (प्रकरण नं. २३) निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे विपक्षीतर्फ : प्लीडर लबदेव भट्ट

फैसलाको आधिकारिक विवरण

निर्णय नं.254
मुद्दाको विषयपसलबाट उठाई पाउँ
निर्णय वर्ष / मिति2021/06/07
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 254
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्