नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 252 · वि.सं. २०२१
नि.नं. 252 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गाको हक बेहकसम्बन्धी झगडा मालको अधिकार क्षेत्र भित्र नपरी अदालतको अधिकार क्षेत्र भित्र पर्ने । “९५ सालमा नापीमा बबा सुना सिंका दर्ता बाबु मरी म पवन सिंका हक भएको कुलादेखी पूर्व, कान्ला ढुङ्गा जाने मल्लाबाटादेखि पश्चिम ठाडा धारदेखि दक्षिण दली विष्टदेखि उत्तरको कि.नं. १६१ को तिरो रु. ।५।१ को बडो गडोसमेतलाई सिमाना फरक पारिबाटादेखि पूर्व डिलदेखि पश्चिम, ठाडाबाटादेखि दक्षिण, सानो बडार ठाडोबाटो उत्तरको ढुग्याडी गडो भनी हरिलाल विष्टले दोहरा पारी नाप जाँच गराएको लगत कट्टी गरी पाउँ” भन्ने विपक्षी जयबहादुरको बाबु पठान सिंको उजुरी बयान भई साविक दर्ता र हाल अवादीमा तेरो मेरो परेको प्रष्टै देखिन आएपछि तत्कालै मुलुकी सवाल फुटकर बारेको दफा ४ समेतको सवाल र कानूनबमोजिम तेरो मेरोमा हक बेहक गराई माग्न अदालतमा उजुर गर्न जानु भनी सुनाउन पर्ने । सोबमोजिम तेरो मेरोमा हक बेहक गराई माग्न अदालतमा उजुर गर्न जानु भनी सुनाउन पर्नेबमोजिम नगरी आफूलाई भएको अधिकार भन्दा बढी कुरामा ठहर र जरिवानासमेत गरी बैतडी मालबाट ०१४।१२।५ मा गरेको पर्चालाई मान्यता नदिई जग्गा तेरो मेरो परेको कुरामा अदालतबाट इन्साफ गरेको अदालतको अधिकार भित्रकै देखिएबाट सो अदालतको इन्साफ बदर गरी पाउँ भन्ने यो रीटको निवेदन माग मनासिव नदेखिएकोले खारेज हुने ठर्हछ । (प्रकरण नं. १०) निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 252 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2021/05/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२१, नि.नं. 252 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
