नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 249 · वि.सं. २०२१

नि.नं. 249 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेनदेन मुद्दामा अन्तिम टुङ्गो नलागी डिग्री नभई साहुले असामीको जेथा रोक्का राख्न जेथाउपर दावा गर्न नपाउने । सावाँ व्याजमा नालेस दिंदा रोक्कासमेत रहेकोमा प्रतिवादीहरूले जालसाजबाट बेदामे राजिनामा खडागरे भन्ने वादी दावी पुग्न सक्ने नसक्ने के हो भनी हेर्दा, आसामीउपर साहुले कपालीमा सावाँ व्याज भराई पाउँ भनी दावा गरेको मुद्दामा असामीको जेथा रोक्का हुने र अन्तिम डिग्री नहुँदै जेथामा साहुको दैया पुग्न सक्ने कानूनी व्यवस्था नदेखिएको दर्तावाला प्रतिवादी गंगाकुमारीले बिक्री गरेको जेथा धितो रहेको भन्ने पनि देखिन नआएको र छलफलमा निवेदककातर्फबाट नजीरमा देखाइएको राजदेवी हलवाइनीको र जोगबहादुर तुलाधरको धनमाल मुद्दा र अर्को सम्झावती, जग साहु रौनिहारको जालसाजी मुद्दाहरू यही मुद्दा अनुरुप नदेखिएको, कपाली साहु निवेदीकाको धितो रहेको अचल जेथामा दावी पुग्न सक्ने कुनै कानूनी आधार बेगर वादी दावी पुग्छ भन्न नमिलेकोले वादी उजुर खारेज गर्ने गरेको सदर ठहराएको इन्साफ १९।१०।२८।१ को डिभिजन बेञ्चको मनासिव ठर्हछ । (प्रकरण नं. १३) निवेदकतर्फ : प्लीडर मिनमर्दन बस्नेत । प्रतिवादीतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.249
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2021/06/14
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 249
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्