नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 247 · वि.सं. २०२१

नि.नं. 247 — आदेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. अदालतबाट बन्दीलाई अदालतमा उपस्थिति गराउने आदेश भएकोमा उपस्थित नगराए अदालतको अपहेलना भएको ठहर्ने । “बन्दी प्रत्यक्षीकरणको निवेदनमा बन्दी हाजिर गराउन सक्ने अधिकार प्राप्त सर्वोच्च अदालतले आवश्यक देखि २४ घण्टा भित्र लिखित जवाफ र थुनुवा उपस्थित गराउनु भनी २०।१।१९।५ मा आदेशानुसार लेखी गएकोमा सो आदेशबमोजिम नगरी भ्र.नि.ऐन अन्तर्गतको अदालतको अनुमती प्राप्त गरेर नै हिरासतमा राखिएको हुनाले निजलाई उपस्थित गराउन आवश्यक नदेखि यो पत्रसाथ पठाएको छैन” भन्नेसमेत जवाफ दिएको देखिएको बन्दी प्रत्यक्षीकरणको रीट निवेदनको सिलसिलामा बन्दी उपस्थित गराउने आदेश भएपछि बन्दी उपस्थित गराउन आवश्यक नदेखिएको भनी भन्न नमिल्नेमा आदेश विरुद्ध बन्दी हाजिर नगराई जवाफ दिएको र अदालतको अपहेलनामा कानूनी कारवाई भई किन सजाय हुनु नपर्ने भनी स्वयंम हाजिर भई रिपोर्ट दिनु भनी मागिएको रिपोर्टमा पनि अनुमती लिएर नै थुनामा रहेको कानूनले गोप्यता भङ्ग गर्न नहुने भ्रष्टाचारसम्बन्धी केशको अभियुक्त हुनाले यो कुरा अवगत भएपछि पनि उपस्थित गराउनु आवश्यक देखिन आई आदेश भएमा उसै वखत उपस्थित गराउने विचारले अनुरोध गरेको भनी लेख्नु भएको देखिएको स्वयंम उपस्थित भई साथैमा अदालत समक्ष बन्दी उपस्थित गराउँदा अदालतबाट छोड्ने आदेश भई नछुटेसम्म गोप्यता भंगहुने अवस्यै नपर्ने हुनाले अदालतको अपहेलना गरेको छैन भन्ने कारण सन्तोषजनक नदेखिएकोबाट अदालतको अपहेलना गरेको भनी सर्वोच्च अदालत ऐन, ०१९ को दफा ६ अन्तर्गत दोषी ठहराई पहिला पटक हुँदा विशेष पुलिस विभागका तत्कालिन का.मु. मुख्य अफिसर टकेबहादुरलाई रु. ५। मात्र जरिवाना गर्ने गरेको सिंगलबेञ्चको आदेश मनासिव छ । (प्रकरण नं. ४) विपक्षतर्फ : गर्भमेन्ट एडभोकेट रमानन्दप्रसाद सिंह ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.247
मुद्दाको विषयआदेश
निर्णय वर्ष / मिति2021/06/10
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 247
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्