नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 246 · वि.सं. २०२१
नि.नं. 246 — बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पक्राउ भएका व्यक्तिलाई बाटाका म्याद बाहेक २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने । बढी अवधीसम्म थुनामा राख्न परेमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरी अनुमती लिनपर्ने । पुलिस ऐन, २०१२ को दफा १७ को उपदफा २ मा “माथि उपदफा १ मा लेखिएबमोजिम पक्राउ भएका व्यक्तिलाई बाटाको मनासिव माफीकको म्याद बाहेक २४ घण्टा भित्र सकभर चाँडै अदालतमा पेश गर्नुपर्छ भन्ने र नेपालको संविधान भाग ३ धाराको ११ को ७ मा गिरफ्तार गरिएको र थुनामा राखिएको प्रत्येक व्यक्तिलाई गिरफ्तार भएको ठाउँबाट म्याद बाहेक चौबिस घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थिति गराउनु पर्छ र कुनै व्यक्तिलाई त्यस्ता अधिकारीको आदेशले बाहेक सो अवधी भन्दा बढी थुनामा राख्नु हुदैन” भनी उल्लेख भएकोबाट बन्दीलाई २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थितै गराउनु पर्ने व्यवस्था भएको देखिएको तर नेपालको संविधानको धारा ९२ मा “यो संविधान प्रारम्भ हुनु भन्दा अगाडिसम्म लागू रहेको कानून ऐनद्वारा खारेज वा संशोधन नभएसम्म लागू रहेको रूपमा चालू रहनेछ, तर यस संविधानसँग बाझिएको कानून यो संविधान प्रारम्भ भएको एक वर्ष पछि बाझिएको हदसम्म स्वतः निष्कृय हुनेछ” भन्ने व्यवस्था भएकोले र उक्त भ्र.नि. ऐनको दफा १९ (३) मा बन्दी उपस्थित गराउने प्रष्ट व्यवस्थाको उल्लेख नहुनाले विशेष पुलिस विभागले पत्रद्वारा अनुमती लिएको कारवाई कानूनबमोजिम नै भएको भन्ने जिकिरका हकमा उक्त पुलिस ऐनको दफा १७ संविधानसँग बाझिएको नदेखिएकोले सो जिकिर संविधान र कानूनसँग मिल्दो भन्न नमिलेकोले भ्र.नि.ऐन अन्तर्गतको अदालतले पत्रद्वारा दिएको अनुमती गैरकानूनी अमान्य ठहराई बन्दीलाई छुटकारा दिएकोसम्म २०।१।३० को सिंगल बेञ्चका आदेश मनासिव ठर्हछ । (प्रकरण नं. १९) निवेदकतर्फ : गर्भनमेण्ट एडभोकेट रमानन्दप्रसाद सिंह । विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारीसमेत ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 246 |
|---|---|
| मुद्दाको विषय | बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2021/06/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२१, नि.नं. 246 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
