नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 244 · वि.सं. २०२१

नि.नं. 244 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भाखामा सावाँ व्याज नबुझाएमा दृष्टी चलन दिंदा भोग गर्न नपाएको अवधीसम्मको व्याजसमेत गाभ्न मिल्ने नमिल्ने । निवेदक, प्रतिवादीले वादीलाई गरिदिएको ०१६।४।१९ को पास लिखत हेर्दा, भाखामा सावाँ व्याज नबुझाई भाखा गुज्य्रो भने दृष्टि लेखेको जग्गा भोगचलन गरी खानु भन्ने उक्ती पारी लेखिदिएको सम्बन्धित कानूनी व्यवस्था हेर्दा साहु असामीको २ क.नं. मा दृष्टी बन्धकीमा २ वर्ष भित्र चलन गर्नु गर्न नदिए नालेस दिनु, लेखिएको म्याद भित्र नालेस नदिई व्याजैसम्म लिने खाने गरी आएको रहेछ भने व्याजैको लोभले रहेको ठहर्नाले लेखिएको भोग दृष्टि समाउन पाउँदैन भन्ने र रजिष्ट्रेशनको ७ नं. मा थैली परेकोमा परेको थैली र त्यसको आयस्था वा व्याज अथवा भोग नपाएको जति ऐनबमोजिमको सूद साहुले पाउने भन्ने उल्लेख भएको छ । यी ऐनहरूको मनसाय र लिखतको व्याहोराबाटसमेत कागज बमोजिमको वस्तु भोगचलन गर्न नपाएको अवस्थाको साहुले व्याज पाउने व्यवस्था भएकै देखिन आएका र यस्तै किसिमको वादी मंगलचन प्र. पवनवीर पाण्डेको चलन चलाई पाउँ भन्ने मुद्दामा पनि व्याजसमेत गाभी सावाँ व्याज बापत लिखतबमोजिमको घर जग्गावादीले चलन गर्न पाउने ठहरी ०२०।३।१४।६ मा फुल बेञ्चबाटसमेत निर्णय भएको हुनाले प्रस्तुत मुद्दामा पनि चलन नपाएको अवस्थाको थैलीको व्याज पाउँदैनन भन्न नमिल्ने हुनाले व्याज लाग्न पर्ने होइन भन्ने निवेदकको जिकिर मनासिव देखिएन लिखत भएका मिति देखिएको सावाँ व्याजमा दृष्टितर्फ चलन पाउनेसमेत ठहराएको ०१९।१०।२९।२ को डिभिजन बेञ्चको इन्साफ मनासिव छ । (प्रकरण नं. १२) निवेदक तर्फ : एडभोकट कृष्णप्रसाद उपाध्याय विपक्षी तर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.244
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2021/05/06
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 244
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्