नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 243 · वि.सं. २०२१
नि.नं. 243 — हक सफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साहु असामीका ९ नं. बमोजिम हकवालाले निखन्न पाउने म्याद कसरी कायम गर्ने ? साहु आसामीको ९ नं. मा बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ भन्ने उल्लेख भएको उक्त ऐनमा ६ महिना वर्ष दिन भित्र भन्ने बोली नपरेसम्ममा भन्ने लेखिएको, ६ महिना र १ वर्षसम्म थाहा पाउने म्याद र सो अवधीसम्ममा थाहा पाएका ३५ दिन भित्र निखन्न म्याद दिएको देखिन आएको भनी ०१९।७।२४।६ मा फुल बेञ्चबाट व्याख्या भई निर्णय भईसकेको हक सफा गर्ने म्याद ६ महिनासम्ममात्र हो की भन्न, बेचे किनेका मितिले ६ महिनाको अन्त्यतिर थाहा पाएँ, त्यसबाट ३५ दिन म्याद नपाउने हुनजाने त्यसमा पनि यस्तो हक सफा मुद्दा अन्य मुद्दा सरह दावी गरेमात्र पुग्ने नभई उजुरी साथ धरौटसमेत राख्नु पर्ने ६ महिनाको आखिरी दिनमा थाहा पाए सो दिनमै धरौट राखी उजुर गर्न साधारणतः मुस्किल पर्न पनि जाने, थाहा पाएको ३५ दिन भित्र भन्ने वाक्यांश निरर्थकसमेत हुन जाने हुँदा थैली बन्दोवस्त गर्नको निमित्त पनि थाहा पाएको ३५ दिन दिइएको भन्ने सिद्ध हुन आउने हुनाले ६ महिनासम्म थाहा पाउने म्याद र थाहा पाएको ३५ दिनभित्र उजुर गर्ने म्याद दिएको देखिएको भनी ६ महिनाको आखिरी दिनमा थाहा पाएमा त्यसबाटसमेत ३५ दिन अर्थात ६ महिना ३४ दिनसम्म म्याद पाउने गरी निर्णय भएको न्यायोचितै देखिएको प्रस्तुत उजुरी ६ महिना १ दिनको दिन थाहा पाएको भनेको ३५ दिन भित्रै हुँदा म्याद नाघेको भन्न मिलेन । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 243 |
|---|---|
| मुद्दाको विषय | हक सफा |
| निर्णय वर्ष / मिति | 2021/05/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२१, नि.नं. 243 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
