नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2426 · वि.सं. २०४२

नि.नं. 2426 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

जाहेरीमा डाँका गरी लगे भन्ने शब्दहरू कतै उल्लेख गरी जाहेरी परेको देखिँदैन । प्रतिवादीहरु अदालतमा इन्कार भई बयान गरेको पाइन्छ । लुटपीट भएको सुनेको भनी आफ्नो बयानमा केही प्रतिवादीहरूले उल्लेख गरेको देखिन्छ । साक्षी सरजमीनका व्यक्तिहरूले लुटपीट भएको भनी बकपत्र गरेको पाइन्छ । उपरोक्त उल्लेख भएको कारण तथा वारदातको अवस्था परिस्थितिबाट प्रस्तुत मुद्दा मुलुकी ऐन चोरीको महल अन्तर्गत पर्ने नदेखिने । (प्रकरण नं. ४७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2426
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2042/05/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.समेतको घर जग्गा जमीनको रेखदेख गरी काम गर्ने कामदारमा बसी आएको यही ०३४।३।१६ को दिन अन्दाजी ११। बजेको समयमा मैले नचिनेका ३ हजार भन्दा बढी लोग्ने मानिस र स्वास्नी मानिस समेतको जवानहरू हातमा लाठी र खुकुरी समेत लिएका हुल  जमातले गुमस्ता कहाँ छ साँचो कहाँ छ भनी मागे गुमस्ता १५ गते वीरगन्ज जानुभएको छ साँचो छैन भन्दा मलाई हात लातले पिटे मानिस चिन्दिन धान राखेको भकारी फोरी ढोका खोली अनाज कोठा भित्रको सरसामान झिकी कागजपत्र च्याती भाँडाकुडा समेत जसले जे भेटाउँछ लिदै अं.१ घण्टा वारदात गरी सम्पूर्ण अनाज माल सामान खसी समेत सम्पत्ति लिएर गए । विध्वंसात्मककारीहरूले लगेको बिगो किटान गर्न नसक्ने हुँदा अपराध गरेमा सजायँ गरी बिगो भराई दिने व्यवस्था गरिपाउँ भन्ने समेत क्षेत्रबहादुर कार्कीको जाहेरी । | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.को घरमा काम गर्ने गुमस्ता लोकनाथ उपाध्यायको जाहेरी दर्खास्तमा लेखिए बमोजिमको बिगो रु. १
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2426
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्