नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 242 · वि.सं. २०२१

नि.नं. 242 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्यायिक निर्णय गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिलाई सफाइको मौका नदिइएमा नियमबमोजिम भएको भन्न नहुने । गैरकानूनी तरिकाबाट खराब आचरण नसुधारेसम्म निष्काशित गर्ने भनी जिल्ला पञ्चायतले निष्काशित गरेको भन्ने निवेदकको जिकिरका हकमा जिल्ला पञ्चायत कार्यालय काभ्रेपलाञ्चोकले लिखित जवाफसाथ पेश गरेको निवेदकलाई निष्काशित गर्ने विषयको निर्णयको प्रतिलिपि हेर्दा, गाउँ पञ्चायत ऐन, २०१८ को परिच्छेद ५, धारा १८ उपधारा ७ को (क) अनुसार निज प्रधानपञ्च ललुकुमार शाहीलाई खराब आचरण नसुधारेसम्मको उक्त पञ्चायतको प्रधानपञ्चसाथै सदस्यताबाटसमेत आजैका मितिदेखि निस्काशित गर्ने निर्णय गरिन्छ भनी निर्णय गरेको देखिएको । उक्त दफा हेर्दा, त्यसमा आचरण नसुधारेसम्मको अवधीको लागी निष्काशित गर्ने अधिकार प्रदान गरेको नदेखिएको । गाउँ पञ्चायत नियम निस्कनु भन्दा अगावै निर्णय गरेकोले जिल्ला पञ्चायतको उक्त कार्यलाई अनियमित भन्न सकिदैन भन्ने जवाफ देखियो । तर कुनै पनि अर्कोको पद हक सम्बन्धी न्यायीक निर्णय गर्नु पर्दा सम्बन्धित व्यक्तिलाई आफूउपर लागेको आरोपको सफाई दिनु पर्ने मौका दिनु पर्ने एक सर्वमान्य कानूनी सिद्धान्त भएको र त्यस्तो मौका दिएको अथवा यो कानूनले दिन नपर्ने भन्ने उल्लेखित जिल्ला पञ्चायतको जवाफमा उल्लेख भएको पनि नदेखिएको । प्रस्तुत केशमा गाउँका मानिसले चुनी ग्राम पञ्चायतको प्रधान पञ्चसमेत भएका निवदेकलाई जन्मभर दाग लाग्ने किसिमको आरोपमा सफाईको मौका नदिई कानूनले अधिकारै नदिएको आचरण नसुधारेको अवधीसम्म भए पनि मोअत्तल (सस्पेण्ड) को तवरबाट निष्काशन गरेको देखिएकोले निवेदकलाई उल्लेख गरिएबमोजिम अनियमित तरिकाबाट प्रधानपञ्च साथै सदस्यताबाट निष्काशित गर्ने गरेको जिल्ला पञ्चायत काभे्रपलाञ्चोकको निर्णय बदर गर्न उत्प्रेषणको आदेश जारी गर्नुपर्ने ठर्हछ । (प्रकरण नं. ७) निवेदक तर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे । विपक्षी तर्फ : गर्भनमेन्ट एडभोकेट रमानन्दप्रसाद सिंह ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.242
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2021/05/26
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 242
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्