नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 240 · वि.सं. २०२१
नि.नं. 240 — बकसपत्र जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आयस्थाले वर्ष दिन खान पुग्ने रहेछ भने विधवाले आफ्नो हकका सबै आफु खुसी गर्न नमिल्ने ऐनले दिएको अधिकार भन्दा बढी प्रयोग गरी कानूनी निर्देशन नाघि अर्काको हक मेट्ने गरी लिनु दिनु गरेको बकसपत्र सदर हुन नसक्ने । (२) वर्ष दिनको आयस्थाले खान पुग्ने रहेछ भने विधवाले कतिसम्म आफू खुसी गर्न पाउने ऐनले दिन पाउने भन्दा बढी आर्काको हक मेट्ने गरी लिनु दिनु गरेको बकसपत्र सदर हुन नसक्ने । बकसपत्र गरिदिने हिराकुमारी र वादीसमेत अंश पाउन बाँकी ३ अंशियारको पूर्व १ नं. बनेपामा घर खेत र चाबेलमासमेत २ घर भएको देखिएको सो घर जग्गाहरूको आम्दानीले खान नपुग्ने भन्ने देखिन नआएकोले हिराकुमारीले आफ्नो हक सबै खुस गर्न पाउने भन्न मिलेन । अंशबण्डा उठाई नसकेको अवस्थामा वादीसमेतका छोराहरूले हेर विचार नगरेको भन्ने सबुद प्रतिवादीतर्फबाट दाखिल पेश हुन आएको पनि देखिएन । छोराहरूले हेरविचार नगरेको भन्ने सबुदको अभाव र खान पुग्ने स्थिति उक्त ऐनबमोजिम हिराकुमारीले आफ्नो हकमा ३ खण्डको १ खण्डमात्र खुस गर्न पाउनेमा बनेपाको घरखेत बाजेको पालाको भन्ने आशाकाजीको जिकिर भएको सो हैन भन्न प्रतिवादीले नसकेकोले सो घर जग्गामा ६ खण्डको १ खण्ड र चाबेलको घरतर्फमा ३ खण्डको १ खण्ड खुस गर्न पाउने देखिन्छ । यसरी कानूनले निर्देश गरे भन्दा बढी मुद्दा पर्दै रहेको अवस्था यी वादीसमेतका छोराहरू कसैलाई साक्षी नराखी आमा छोरीसमेतको मिलेमतोबाट मुद्दा पारी पराई बकसपत्र लिनु दिनु गरेको देखिदा हिराकुमारीको अंश हकजतिको उक्त ऐनले खुस गर्न पाउने बाजेका पालाको ठहरेको बनेपाको घर जग्गा मध्येबाट ६ खण्डको १ खण्ड र चाबेलको घर जग्गा र अरु सम्पत्तिको ३ खण्डको १ खण्डसम्म बकसपत्र सदर ठर्हछ, सो भन्दा बढी ऐनले दिन नपाउनेमा वादीसमेतको हक मेट्ने गरी लिनु दिनु गरेको बदर हुने ठर्हछ । (प्रकरण नं. १४,१५) निवेदक तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा । प्रतिवादी तर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 240 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र जालसाजी |
| निर्णय वर्ष / मिति | 2021/04/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२१, नि.नं. 240 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
