नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 239 · वि.सं. २०२१

नि.नं. 239 — झुक्याई सहीछाप गराए

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बण्डापत्र पढी मतलब र परिणाम नबुझाई झुक्याई जालसाजबाट सही गराए खुसीराजीसँग बण्डापत्र भएको भन्न नहुने, अघिको मिति पारी पछी बण्डापत्र खडा गरे बदर हुने । वादी हिराकुमारी “वर्ष ७३ पुगिसकेको आँखा नदेख्ने कान नसुन्ने” भनी बकसपत्र जालसाजी मुद्दामा प्रतिवादी आशाकाजीले आफ्नो फिरादमा लेखेकोसमेतबाट वादी हिराकुमारीको शारीरिक स्थिति नाजुक थिएन भन्ने कुरामा शंका गरी रहन परेन । बण्डापत्र भनी अरु जनाउ मानिस कोही नराखी गरे पनि छोरा हो भनी विश्वास लागी सही गरिदिएको थिए । झुक्याई बण्डापत्र भनी जीउनीको कागज गराएकोले बदर गरी पाउँ भन्ने वादी भएको बण्डापत्र हेर्दा, वादीको भागमा जीउनी भनी परसारिएको र आमाको जीउनी हामी २ जना दाज्युभाइको मञ्जुरी बेगर केही गर्न नपाउने भन्नेसमेत लेखिएको देखिएको बण्डापत्र हेरी बुझी सही गरेको भए आफ्नो हक जीउनीमा त्यसरी बन्देज राख्न पनि नपर्ने बण्डा पाउने मध्येको सेतेकाजीले दाज्युले नै मानिसल्याई लेखाई राखेको कागजमा मैले र आमाले सही गरी दिएको छ । कागज भएको मिति महिना भने मैले भन्न सकिन भनी र अंशियार साक्षी बसीदेउ भन्दा हुन्छ भनी बसी दिएकोसम्म हुँ, मैले यस मितिमा यस्तो भयो भन्ने विवरण बुझी सही गरेको छैन भनी अर्को छोरा शिवलालसमेतले प्रतिवादी दिएकोले बण्डापत्र पढी मतलब र परिणाम बुझी सही गरेको भन्ने देखिन नआएकोलेसमेत खुसीराजीसँग भएको भन्ने निवदेकको जिकिर खम्बिर हुन आएन । तसर्थ झुक्याई जालसाजबाट अघिको मिति पारी पछी बण्डापत्र खडा गरेको देखिएकाले बदर हुने ठर्हछ भनी शुरुले ठहराएको सदर गरेको अपील तेश्राको मनासिव गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको १९।१२।२५।१ को इन्साफ मनासिव ठर्हछ । (प्रकरण नं. ११) निवेदक तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा । प्रतिवादी तर्फ : प्लिडर कृष्णप्रसाद उपाध्याय, एडभोकेट कृष्णप्रसाद भण्डारी ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.239
मुद्दाको विषयझुक्याई सहीछाप गराए
निर्णय वर्ष / मिति2021/04/27
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 239
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्