नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 238 · वि.सं. २०२१

नि.नं. 238 — बाँध काट्यो भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) झगडा परेको जग्गा नै वादीको अधिकार वाहिरको भए सो जग्गासम्बन्धी वादी दावी पुग्न नसक्ने । प्रस्तुत मुद्दाको नक्सा र अघि किनारा भएको बाँध पैन मुद्दाको नक्साहरूबाट अघि पक्की बाँध बाध्न पाउँ भनेको ठाउँमा बाँध काटेको भन्ने झगडा जनाएको देखिएको सो ठाउँमा लेखिएबमोजिम प्रतिवादीकै पैनी भएकोले वादीले पक्की बाँध बाँध्न नपाउने भन्ने फैसला भएको देखिएको सोही अगी परेको मुद्दामा यो मुद्दा दायर हुन भन्दा पहिले ०११।१।२५ मा वादीसमेत रही भएको नक्सामा सिरामा १ नं. दोमुहानमा २ नं. वादीले अघि हिस्सा पाएको भनेको ठाउँमा नं. ३ लेखिएको पक्की बाँध बनाउन पाउँ भनेको ठाउँ दोमुहान नं. २ र नं. ३ को बीचमा देखिएको सो ठाउँमा साविक देखी वादीको कच्ची बाँध भएको भन्ने उक्त नक्सामा जनिएको नदेखिएकोबाट झगडा परेको ठाउँमा वादीका साविक कच्ची बाँध भएको भन्ने देखिन नआएको र पक्की बाँध बाँधी पाउँ भन्ने मुद्दामा साविक कच्ची बाँध भईरहेको भन्ने वादी लेखाई पनि नभएको त्यस ठाँउमा वादीको बाँध छैन भनी सरजमिन ७२।७३ जनाले भनेकासमेतबाट झगडा परेको ठाउँमा वादीको बाँध रहेछ भन्ने मिल्ने नदेखिंदा वादीको बाँध ठहराएको डिभिजन बेञ्चको माननीय न्यायाधीशज्यूहरूको राय मिलेको देखिएन । .... वादीको बाँध नभएपछि प्रतिवादीले काटेको रहेछ भन्ने ठहराउन न्यायोचित नदेखिदा बिगो भराइपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । तसर्थ बिगो भरी नपाउने गरेको सम्माननीय न्यायाधीश इश्वरीराज ज्यूको राय फैसला मनासिव । (प्रकरण नं. १४,१५) वादी तर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे प्रतिवादी तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा

फैसलाको आधिकारिक विवरण

निर्णय नं.238
मुद्दाको विषयबाँध काट्यो भन्ने
निर्णय वर्ष / मिति2021/04/13
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 238
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्