नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 236 · वि.सं. २०२१

नि.नं. 236 — घुस

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घुस मुद्दामा–घुस खाएको सबुद वादीले गुजार्न पर्ने । (२) रीत नपुगी भएको मिलापत्रलाई अदालतलेमान्यता दिन नमिल्ने । अपील पहिलाले गरेको इन्साफमा चित्त बुझेन भनी वादी विष्णुमायाँले अपील दिएकी निजको वा बालध्वज गुरुङले ०१७।२।१० को तारेख तेश्रा पटक पारी गुजारेकोले वादीको अपील अ.बं. २२६ नं. ले डिसमिस हुने अपील डिसमिस भए पनि थप सजायलाई जाहेरी फैसला भएको र डिभिजन बेञ्चको राय बाझी भएकोले रायवाझीतर्फबाट इन्साफ हेर्नुपर्ने हुन आई हेर्दा घुस खाएको हो भन्ने सबुद गुजार्न वादीले नसकेकोले हाकिमउपर घुसमा उजुर गर्नेलाई थप सजायलाई अ.बं. २७९ ले जाहेर गरेको मनासिव मिलापत्र बदर गरी इन्साफ गर्ने भन्ने श्री मा. न्याय पशुपतिप्रसाद उपाध्यायको र मिलापत्र सदर गर्ने भन्ने श्री मा.न्या मिनबहादुर थापाको राय भएकोतर्फ हेरिएमा मञ्जुरी कागज र मिलापत्र गर्न पाउने भन्ने दरखास्त २ समेत ३ थान कागजको अक्षर मसी एकै लेखे सुब्बा धनपाल भन्नेको अक्षर देखिएको निज सुब्वा धनपाल झिकाउँदा हाजिर हुन नआएको निजले लेखेका ती ३ थान कागजमा २००६ साल पौष भनी साल महिना लेखी गते बार लेखिएको नदेखिएकोबाट रीत परिबन्द पुगी खुसी राजीबाट भए गरेको रहेछ भन्ने मनासिव नपरेकालेसमेत मिलापत्र बदर गरी इन्साफै गर्ने भन्ने श्री मा.न्या. पशुपतिप्रसाद उपाध्यायको सिंगलबेञ्चको सदर गरेको राय मनासिव छ । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.236
मुद्दाको विषयघुस
निर्णय वर्ष / मिति2017/03/29
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 236
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्