नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 230 · वि.सं. २०२१

नि.नं. 230 — उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो अधिकार क्षेत्र नाघी कुनै पनि न्यायीक वा अर्धन्यायीक अधिकारीले निर्णय गर्न नहुने । लुटपिट मुद्दा मेजिष्ट्रेटले हेर्न नमिल्ने । (२) निवेदकले मागेको रीट उपयुक्त नभए सोही निवेदनबाट अन्य उपयुक्त रीट जारी गर्न मिल्ने । प्रस्तुत केशको सम्बन्धमा मालसामान खोली लगे भन्ने मुद्दामा भन्ने लेखेकोले लुटपीट मुद्दामा कारवाई भएको देखिने । यसरी समन जारी गरेकोमा उत्प्रेषणको रीट जारी गर्न मिल्छ मिल्दैन भन्नेतर्फ विचार गर्दा, आफ्नो अधिकार क्षेत्र नाघी वा हुँदै नभएको अधिकार क्षेत्र ग्रहण गरी कुनै पनि न्यायीक वा अर्धन्यायीक अधिकारीले निर्णय गर्छ भने त्यस्तो निर्णयलाई यस सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी बदर गर्नु पर्छ । प्रस्तुत केशमा मेजिष्ट्रेटबाट कुनै निर्णय गरेको भन्ने निवेदकको भनाई छैन । समनसम्म गरेको छ । यस्तो कारवाईको सिलसिलामा उत्प्रेषणको रीट जारी गर्न मिल्दैन । निवेदकले माग गरेको रीट जारी गर्न नमिल्ने भएमा केशको प्रकृति हेरी अन्य उपयुक्त रीट जारी गर्नेतर्फ विचार गर्दा, निवेदक शिवप्रसाद उपाध्यायका नाउँमा जारी भएको समनमा मालसामान खोसी लगे भन्ने मुद्दामा तपाँइलाई बुझ्नु पर्दा समन जारी गरी पठाएको छ भनी लेखेको र आदेशानुसार सरकारी वकिलले बेञ्चमा प्रस्तुत गर्नु भएको दर्ता किताबमा हेर्दा, सो भ«ष्टाचारतर्फ अनुसन्धानको कारवाई भएको भनी नजनाएको यस अदालतबाट मागिएको जवाफमासम्म भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा समन गरिएको भन्ने लेखिएको छ । बयानमा भ्रष्टाचारको कुरा घुसाएको छ तापनि निचोडमा गएर दिलाई भराई पाउँ भन्नेसमेत लेखिएकोले मुद्दाको प्रकृतिबाट लुटपिटकै देखिन आएकोले अ्रष्टाचारको अनुसन्धानको सिलसिलामा भन्ने बहानामा कारवाई गरिएको देखिएको । मुद्दाको रुप लुटपिटकै देखिन आएको र लुटपिट मुद्दा मेजिष्ट्रेटले (वि.पु.वि.को अधिकार प्रयोग गर्न मैजिष्ट्रेटलेसमेत) हेर्न पाउने अधिकार नभएको हुनाले त्यस्तो मुद्दामा समन गरेको मिलेको नदेखिंदा त्यस्तो अनाधिकृत कामबाट पक्षको हक अधिकार संरक्षणको लागी प्रतिषेध रीट जारी गर्न उपयुक्त देखिएकोले यस्तो अधिकार नभएको हेर्न नहुने मुद्दामा अगाडि कारवाई नगर्नु भनी प्रतिषेधको आदेश जारी गर्नुपर्ने ठर्हछ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.230
मुद्दाको विषयउत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2021/02/01
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 230
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्