नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 217 · वि.सं. २०२०

नि.नं. 217 — जग्गा जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चार किल्ला खोली नम्वरी कित्ता भनी राजिनामा दिएको जग्गामा बढ भए खरिदवालाकै हुने । बढ भएको जग्गा खरिदवालाको स्वीकृति बिना मालले बिक्रीवालाको नाउँमा दर्ता गर्न नमिल्ने । २००६ सालमा हाल आवादीमा दर्खास्त दिने केशवप्रसादले दुर्गाप्रसादलाई २००७ सालमा राजिनामा दिँदा नम्बर ४२ को दीपबहादुर सो उत्तर दाडर सो पूर्व पर्वता जाने बाटो सो दक्षिण दगर सो पश्चिमको जग्गा भनी ४ किल्ला राखी राजिनामा गर्ननपर्ने आफूले अवाद गर्नपाउँ भनी भनेको जग्गाको किल्ला बाहेक गरी दिनुपर्ने सो नगरी सम्पूर्ण जग्गा राजिनामा दिएको देखिने । त्यसरी नम्बरी कित्ता भनी राजिनामा दिईसकेपछि उक्त जग्गामा केही बढ भए खरिदवालाकै हुने हुँदा वादी दुर्गाप्रसादलाई जनाउनै नदिई प्र. को नाउँमा दर्ता गर्ने गरेको मालको पर्चा बेरीतको देखिन्छ । जालसाजी गर्‍यो भन्ने हकमा प्र. केशवप्रसादले ६ सालमा तत्कालिन एग्रीकल्चर अड्डामा दर्खास्त दिएको र उक्त अड्डा सदरमा सरी पछि मालबाट कारवाही हुँदा ०६ सालको दर्खास्त सदरबाट आएको भन्ने प्रमाणको मिसिलबाट देखिँदा जालसाजी गरेको नठहराएको र माथी लेखिएबमोजिम केशवप्रसादको नाउँमा दर्ता गर्ने गरी भएको मालको पर्चा बेरीतकै देखिँदा प्र. केशवप्रसादको दर्ता बदर गरी वादी दुर्गाप्रसादको नाउँमा दर्ता गर्ने ठहराएको शुरुको इन्साफ सदर गरेको श्री माननीय न्यायाधीश रत्नबहादुरको राय मनासिव ठहर्छ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.217
मुद्दाको विषयजग्गा जालसाजी
निर्णय वर्ष / मिति2019/08/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 217
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्