नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 216 · वि.सं. २०२०
नि.नं. 216 — बकसपत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अचलको सम्पत्तिले बर्ष दिन खान नपुगे मात्र ४० बर्ष नाघेकी विधवाले चल अचल सबैमा आफूखुस गर्न पाउने । बाजेका पालाको आर्जनमा अचलमा आधामात्र आफुखुस गर्न पाउने । विधवा अंशधनको १ नं. को देहाय ४ दफामा “बर्ष दिन अचलका आम्दानीले खान पुग्ने रहेनछ भने ४० पुगेकाले चलअचल सबैमा खुस गर्न पाउँछे” भनी लेखिएको । दुवै बकसपत्र गर्दा पुतलीको उमेर ४० बर्ष नाघेको देखिएको । सालको धान मुरी २५। उब्जनी हुने भनी प्रतिवादीतर्फबाटै लुटपिट मुद्दामा दावी लिएको । पुतली आफैले खेती गर्न नसक्ने बृद्धावस्थाकी हुनाले खेती गर्नेको मोहीबोटी आधा परसारे पनि आधा धान मुरी १२।१० आउने घर बाहाल र गहुँ समेत जग्गाको अन्य आयस्ता समेतको हिसाब गर्दा किसानी गर्ने १ स्त्रीलाई खान नपुग्ने भन्ने नदिखिएकोले निवेदकतर्फबाट वकीलको बहस मनासिव देखिएन । (प्रकरण नं. १४) (२) मुद्दा समेत परी अरुले नै हेरविचार गरी बकससमेत पाएको देखिएमा ऐनबमोजिम हेरविचार गरेको भन्न नमिल्ने । वादीसँग बकस दिने पुतलीको अघि मुद्दा समेत परेको र छोरीहरू आई पालन पोषण हेरविचार गरेकोबाट बकस समेत दिएको देखिएकोले वादीले हेरविचार गरेको भन्न नमिलेको हुँदा चलतर्फ सवै बकसपत्र दिएको सदरै हुने । अचलका हकमा बाजेका पालाका आर्जन होईन भन्ने सबुद प्रमाण निवेदकतर्फबाट पेश हुन नसकेको र आधा बकस बदर गरी डिभिजन बेञ्चबाट किनारा भए उपर वादीले चित्त बुझाई सोही फैसला कायम होस भनी बहसमा समेत जिकिर लिएको समेत उपरोक्त कारणहरूबाट डिभिजन बेञ्चको फैसला न्यायोचित नै देखिँदा निवेदकको जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 216 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र बदर |
| निर्णय वर्ष / मिति | 2019/07/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 216 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
