नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 213 · वि.सं. २०२०
नि.नं. 213 — जग्गा जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. म्याद नाघेको निवेदन दिएको १५ दिन सम्ममा निस्सा लिई हाजिर हुन आए तारेखमा राखी कारवाई गर्न बाधा नहुने । ५५ नं. ऐनमा थामी पाउने म्याद नाघेको १५ दिन सम्ममा निस्सा लिइ आएमा धरौटी तारेखमा राखी बुझी कानूनबमोजिम गर्नुपर्ने व्यवस्था भएकोले थामी पाउने अन्तिम दिनमा निवेदन दिएकोमा सो अवधि नाघेको १५ दिन भित्र र थामी पाउने अवधि नपुग्दै अगाडी नै निवेदन दिएकोमा सो निवेदन दिएको १५ दिन सम्ममा निस्सा लिई हाजिर हुन आएमा अगाडि आदेश भईसकेको वा नसकेकोमा समेत उक्त ऐनबमोजिम तारिखमा राखी कारवाई गर्न बाधा देखिँदैन । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 213 |
|---|---|
| मुद्दाको विषय | जग्गा जालसाजी |
| निर्णय वर्ष / मिति | 2020/06/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 213 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
