नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 211 · वि.सं. २०२०
नि.नं. 211 — हकदार कायम गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नातेदार साक्षी सरजमिन र व्यवहारबाट देखिने एकासँग विवाह भएको विवाहिता स्त्रीलाई निजसँग विवाह भएको छैन भनी दावी लिनेले निज स्त्री विवाहिता वा अविवाहिता के हुन् ? सबुद दिनुपर्ने । शुरु प्रतिवादीमा दाज्यु कृष्णमानको विवाह नै भएको थिएन भन्ने जिकिर लिन नसकी पछि मात्र विवाह नभएको भनी जिकिर लिएकी । साधारणतः स्वास्नी मानिसले आफ्नो लोग्ने नभएकोले लोग्ने हो भन्न कठिनै पर्ने र वादी कृष्णमानको स्वास्नी नभए अरु कसैको स्वास्नी वा अविवाहिता के हुन् ? त्यस कुरा खुलाई लेख्न, सबुद दिन अहिलेसम्म प्रतिवादीले नसकेकी । बुझिएका नातादारहरूले कृष्णमान मेरो साख्खै भानिज हुन् कृष्णमानले पुण्यश्वरीलाई १७।१८ बर्ष अघि विवाह गरी ल्याएको हो । ५।६ बर्ष पछि कृष्णमान मरेका हुन् । निजको श्राद्धसमेत वादीले नै गरी आएकी छन भन्ने राममाया, हेरामाया नापितनी, कृष्णमान । मेरो फुपूको छोरा दाज्यु र पुण्यश्वरी भाउज्यू हुन् । विवाह भएको १७।१८ बर्ष भयो भन्ने नाती नापितनी । कृष्णमानको ३ पुस्ता भित्रको बाजे नाताको हुँ । कृष्णमानले पुष्यश्वरीलाई विवाह गरेको १८।१९ बर्ष भयो । पुरोहित मानकाजी थियो । विवाह भोज खाएको छु भन्ने हरिलाल । कृष्णमानको ३ पुस्ता भित्रको काका नाता पर्ने हुँ । कृष्णमानले विवाह गरेको स्वास्नी पुष्यश्वरी हो भन्ने कृष्णमानसमेत इत्यादि नातादार सरजमिनहरूले लेखिदिएकोमा घुस खाई झुट्टा बके भन्नेसमेत प्रतिवादीले उजुर गर्दा घुस खाए जालसाज गरेको नठहरी अपील तेश्रोबाट ०१६।९।२९।४ मा फैसला भईसकेको र मुर्दा गुठीका गुठीयार वादीका साक्षीहरूले पुष्यश्वरी कृष्णमानको स्वास्नी हुन् भनी बकी लेखिदिएको समेत मिसिल प्रमाणपत्रबाट पुण्यश्वरी कृष्णमानको स्वास्नी भन्ने नै सिद्द हुन आएकोले निवेदकतर्फको जिकिर मनासिव देखिएन ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 211 |
|---|---|
| मुद्दाको विषय | हकदार कायम गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2019/09/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 211 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
