नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 210 · वि.सं. २०२०

नि.नं. 210 — हाल आवादी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) खोलाले आफू हिंडेको बाटो छोडी आर्को बाटो लाग्यो भने खोलो हिंडेको बगर रैकर हुन्छ–त्यस्तो जग्गा हाल आवादीमा पाउँ भनी रैकर तिरो असूल हुने आफ्नो इलाका मालमा दर्खास्त दिनुपर्ने । तिनाउ नदीले छाडी बिर्तातिर बगर पर्न आएको नाप जाँचबाट ठहरेको जग्गा विगाहा १६।।। का हकमा वादी सोहरतले अगाडि बिर्ता मालमा दर्खास्त दिई चलनीसमेत पाई सकेकोमा प्रतिवादी रामप्रसाद कृष्णप्रसादले हाल आवादीमा पाउँ भनी माझखण्ड मालमा दर्खास्त दिएकोले प्रतिवादीको दर्खास्त दोहरा भई कारवाई चल्न सक्ने नसक्ने के हो भन्नेतर्फ विचार गर्दा, जग्गा मिच्नेको ३ नं. मा “खोलाले आफू हिंडेको बाटो छोडी आर्को बाटो लाग्यो भने त्यो खोलो हिंडेको बगर रैकर हुन्छ” भन्ने उल्लेख भएको । त्यस्तो जग्गा हाल आवादीमा पाउँ भनी रैकर तिरो असुल हुने आफ्नो इलाका मालमा दर्खास्त दिनु पर्ने प्रष्ट छ । प्रतिवादीहरूले अधिकार प्राप्त इलाका माझखण्ड मालमा दर्खास्त दिएको भन्ने वादीको भनाई नभई बिर्ता मालमा मैले पहिले दर्खास्त दिएको भन्ने दावी भएको । बिर्ताको तिरो असूल गर्ने बिर्ता मालले रैकर जग्गाको हाल आवादीमा दर्खास्त लिई सो अड्डाबाट बाहाली दिएकै भए पनि रैकर जग्गा हाल आवादीमा पाउँ भन्ने बिर्ता मालमा दिएको दर्खास्तलाई पहिला भनी मान्यता दिन नमिल्ने हुनाले अधिकार प्राप्त मालमा कानूनबमोजिम पहिले दर्खास्ता दिने प्रतिवादी रामप्रसाद, कृष्णप्रसादको दर्खास्तबाट कारवाई चल्न नसक्ने भन्ने निवेदक, वादीतर्फको बहस जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १६, १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.210
मुद्दाको विषयहाल आवादी
निर्णय वर्ष / मिति2019/11/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 210
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्