नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 209 · वि.सं. २०२०

नि.नं. 209 — थैली तिरी जग्गा उकास गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानून विरुद्ध बेरीतबाट भएको दर्तालाई मान्यता दिन नमिल्ने–रैकरमा दर्ता नगरी लिम्बुवानको किपट जग्गा छिन्ती राजिनामा लिनु दिनु गर्न नहुने । ८० सालको लालमोहर ८४ सालको सनदबाट जसकर्णको नाती छत्रवीरको नाउँमा रैकरमा परिणत भई दर्ता हुन आएको सो हर्राबोटे खेत ।४५ लालमोहर सनद हुनुभन्दा अगावै ७९ सालमा मकर पाध्याबाट लिने हरि शर्माको नाउँमा तेह्रथुम मालमा दर्ता भएको भनी दर्ता उतार आएको । सो दर्ता कानूनबमोजिम भएको भन्न भई कानून विरुद्ध बेरीतबाट दर्ता भएको देखिएकोले त्यस्तो बेरीतको दर्तालाई मान्यता दिन मिलेन । सो दर्ता कायम गरी वादीलाई झिकाउने गरी ०१८।६।१६ मा सिंगलबेञ्चबाट भएको आदेश मनासिव देखिएन । लिम्बुवानको किपट जग्गा छिन्ती राजिनामा गरी लिनु दिनु हुदैन भन्ने ५८ सालमा ठेक्का थितिको सनद भईरहेको भन्ने कुरा मिसिलमा उल्लेख भईरहेको सो सनदको विपरीत पछि रैकर हुने भनी जसकर्णबाट मकर पाध्याले ७०।७४ सालमा र मकर पाध्याबाट ७७।७८ सालमा र हरि शर्माले फार्छे गरी लिनु दिनु गरेको भनी जिकिर गरेको सनदको विपरीत देखिएकाले मनासिव भन्न भएन । लेखिएका कारणबाट रैकरमा दर्ता नहुँदै किपट जग्गा छिन्ति राजिनामा गर्न नहुने र जसकर्णबाट गराई लिएको ७४ सालको लिखतबाट छिन्ति राजिनामा समेत भएको नदेखिएको हुनाले बन्धकी कायम हुन आउने र बन्धकीको थैली तिराई पाउँ भन्ने वादीको दावीसमेत देखिएकाले लिखतहरूबाट देखिन आएको सो हर्राबोटे खेतको थैली रु. ५९५। तिरी वादीले निखन्न पाउने ठहर्छ । (प्रकरण नं. २२, २३, २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.209
मुद्दाको विषयथैली तिरी जग्गा उकास गरी पाउँ
निर्णय वर्ष / मिति2019/02/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 209
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्