नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 208 · वि.सं. २०२०

नि.नं. 208 — अबण्डा धन बण्डा गराई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अबण्डा रहेको धनमाल बण्डा गराई माग्न लिखत भए लिखतमा उल्लेखित शर्तको पालना गर्नुपर्ने । (२) विधवाले आफूखुस गर्न पाउने भन्दा बढी आफू खुसी गरे विधवा अंशधनको ८ नं. बमोजिमको म्याद भित्र उजुर गर्नुपर्ने । ...८८ साल भाद्र २० गते रोज ७ को बण्डा पत्रमा “माथि लेखिएकोबाट जेठी आमालाई तिर्थ बस्दा खर्च नपठाई हिमायत गरे जुन छोराले हिमायत गर्छौ, उसले मदेश अबण्डा रहेको लिने छैनौं भन्ने शर्त उल्लेख भएको । वादीहरूका लोग्ने वेदप्रसाद, बोधप्रसादले उक्त शर्त पुरा नगरेको भन्ने कुरा धनमायाँले प्र.गणेशप्रसाद, लक्ष्मीप्रसादलाई ९८ सालमा गरी दिएको बकसपत्र बाटै देखिएको छ । अबण्डा रहेको धनमाल बण्डा गरी पाउँ भन्ने वादी दावी भएकोले विधवा अंशधनको ८ नं. लगाई खारेज गरेको मनासिव होइन भन्ने वादीतर्फको जिकिरलाई ०११ सालमा यिनै वादीहरूले दिएको फिरादमा लिखत बदर गराई अबण्डा रहेको धनमालसमेत बण्डा गरी पाउँ भन्ने दावी लिएको । ९८ सालमा धनमायाँले प्रतिवादीहरूलाई गरिदिएको बकसपत्रउपरसमेत वादी दावी भएकोले अंश बण्डाको ६१ नं. को विचार भई उक्त ऐनको म्याद कायम गर्नुपर्ने भन्नेसमेत जिकिर लिए पनि ९८ सालमा गरिदिएको बकसपत्र हेर्दा अबण्डा रहेको पहाड र मदेशको जेथा केही हालै देखि खान पाउने केही शेष पछि खान पाउने पनि निजैहरूले कमाई त्यसबाट धनमायालाई खर्च पुर्‍याउने शर्त राखी निजैहरूको भोगमा राखेको देखियो । विधवाले आफ्नो धन के कति आफ्नो खुस गर्न पाउँछ ? भन्ने कुरा सोही विधवा अंशधनको महलमा लेखिएको र विधवाले आफू खुसी गर्न पाउने भन्दा बढी आफूखुशी गरेकोमा उजुर गर्नलाई पनि विधवा अंशधनको महलको हदम्याद विचार गर्नुपर्ने हुन आउँछ । विधवा अंशधनको ८ नं. मा “सो गरेको २ बर्ष भित्र उजुर गर्नुपर्ने भनी प्रष्ट उल्लेख भएको पाईन्छ । धनमायँँले प्र. गणेशप्रसाद लक्ष्मीप्रसादलाई गरी दिएको बकसपत्रको श्रीसम्पत्ति विधवा धनमायाको एकलौटी अंश भई ९८ सालमा बकस गरी दिईसकेको लिखत उपर ०११ सालमा मात्र वादीहरूको उजुर परेको देखिन आएकोले लिखत बदरतर्फ उजुर खारेज भई त्यसबाट जग्गाको समेत हक नपुग्ने ठहराएको ०४१।९।१९ को सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिव देखिन्छ । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.208
मुद्दाको विषयअबण्डा धन बण्डा गराई पाउँ
निर्णय वर्ष / मिति2019/09/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 208
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्