नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 206 · वि.सं. २०२०
नि.नं. 206 — हक सफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निखन्न नपाउनेले निखनेमा अ.बं १११ नं. बमोजिम नालेश गरी निखनेको बदर गराउनु पर्ने । निखन्न नपाउनेले निखनी बिक्री गरेको थैली धरौट राखी ऐनको म्यादभित्र उजुर गर्नुपर्ने । कृष्णबहादुरबाट काली उपाध्यायानीले निखनी लिईसकेको कुरा उक्त निवेदनबाट वादीलाई थाहा जनक भएको देखियो । आफ्नो हक भई कालीले निखन्न नपाउने भए त्यसतर्फ आफ्नो हकमा थाहा पाएका ३५ दिन भित्र अ.बं. १११ नं. का ऐनबमोजिम नालेश गरी कालीले निखनेको बदर गराउनु पर्ने सो गरेको देखिएन । काली उपाध्यायानीले निखनी लिएको बदर नगराए पछि र काली उपाध्यायनीले श्यामप्रसाद समेतलाई ०४।४।२७ गते राजिनामा पास गरी दिएको भएपछि काली उपाध्यायनीको यो वादी भतिजा नाताको हुनाले काली उपाध्यायनीले बिक्री गरेकोतर्फ साहु आसामीको ९ नं. का ऐनका म्याद थाहा पाएको ३५ दिन भित्र निखनाई पाउँ भनी रु. ४५।२१ धरौट राखी उजुर गर्नुपर्ने सो गरेको नदेखिएकोले काली पाध्यायानीले श्यामप्रसाद समेतलाई बिक्री गरेको राजिनामा कानूनको रीत पुगेकै देखियो । (प्रकरण नं. २६) (२) कस्तो स्थितिमा बिक्री भएको निखन्न नपाउने ? बाटुलीले कृष्णबहादुरलाई बिक्री गरेको वादी उमानाथकै कान्छी आमा काली उपाध्यायानीले निखनी लिईसकेको भई त्यसतर्फ वादीको निखन्ने हक टुटी सकेको र कालीले बिक्री गरेतर्फ रु. ४५२१। धरौटी राखी निखन्ने अधिकार कानूनले दिएकै थियो तर त्यो केही नगरी सो गर्ने म्याद छँदाछँदै सत्य व्यवहार गुम गरी बाटुलीले बिक्री गरेको पट्टि मात्र कारवाई गरेको देखिनाले कानूनबमोजिम गर्नुपर्ने काम नगरी अबाटो हिंडेको देखिनाले र कृष्णबहादुरका साथमा जग्गै नभई निजबाट काली पाध्यानीले निखनी श्यामप्रसाद समेतलाई बिक्री भईसकेकोमा बाटुलीले कृष्णबहादुरलाई बिक्री गरेको निखन्न पाउँ भन्ने वादीको उजुर उपरोक्त कारण परिबन्दबाट पुग्न सक्तैन । ०१२।२।१ मा फुल बेञ्चको बहुमतबाट निखन्न पाउने गरी भएको फैसला मनासिव देखिएन । (प्रकरण नं. ३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 206 |
|---|---|
| मुद्दाको विषय | हक सफा |
| निर्णय वर्ष / मिति | 2019/01/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 206 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
