नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 202 · वि.सं. २०२०

नि.नं. 202 — उत्प्रेषणको रीट जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अपील दिने कानूनले दिएको बाटो छँदै उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । विशेष पुलिस विभागले आफ्नु ठहर निर्णय गरी सो निर्णयमा चित्त नबुझे अपील दिनु भनी मलाई अपील म्याद दिएको छ भनी निवेदकले निवेदनमा लेख्नु भएकै देखिन्छ । सो पाएका अपीलको म्यादभित्र विशेष पुलिस विभागबाट कारवाही निर्णय भएका कुरामा चित्त नबुझेको भए चित्त नबुझेको सबै व्यहोरा दर्शाई सबुद प्रमाण दिई अपील दिएमा विशेष पुलिस विभागको कारवाई निर्णय गल्ती देखिन आए अपील सुन्ने अड्डाबाट कानूनबमोजिम हुन सक्ने कानूनले दिएको बाटो छँदै झमेलाबाट उम्कन प्रचलित कानूनमा अन्य उपाए नभएको भनी निवेदकले दिनु भएको यो निवेदन खारेज हुन्छ । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.202
मुद्दाको विषयउत्प्रेषणको रीट जारी गरी पाउँ
निर्णय वर्ष / मिति2020/06/06
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 202
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्