नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 201 · वि.सं. २०२०
नि.नं. 201 — उप्रेषणको आदेश जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अधिकारको हनन भईनसकेकोमा र नालिस उजुर गरी आफ्नो हक कायम गराउने कानूनी उपाय अवरुद्ध छ भन्ने जिकिर पनि नभएमा उत्प्रेषणको रीट जारीगर्न नमिल्ने । ...प्रस्तुत केशमा सम्पत्ति अपहरण गर्न लागे भन्ने आंशकाबाट मात्र यो निवेदन दायर गरेको देखिन्छ र सम्बन्धित अधिकारीले नभएको अधिकार क्षेत्रको प्रयोग गरी काम गरेको वा अधिकार क्षेत्र भएकोमा पनि बढी अधिकार प्रयोग गरी काम गरियो, गर्न लागिएको कामको सूचना पनि नदिई निर्णय गरियो भन्ने इत्यादि उजुरी निवेदन पनि नभएको । पाईसकेको सम्पत्ति अपहरण हुन आँट्यो भन्ने आशंकाबाट सम्म उजुरी निवेदन दिएको देखिँदा निवेदनको हक हनन भईसकेको नदेखिने । त्यसमा पनि सरकार उपर नालिस उजुर गरी आफ्नो हक कायम गराउने कानूनी उपाय अवरुद्ध छ भन्ने जिकिर पनि नभएको हुनाले रीट जारी गरी पाउँ भन्ने दावी जिकिर पुग्न सक्तैन । खारेज हुने ठहर्छ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 201 |
|---|---|
| मुद्दाको विषय | उप्रेषणको आदेश जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2020/06/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री | माननीय न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 201 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
