नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2 · वि.सं. २०१५
नि.नं. 2 — जबरदस्ती घटीबढी करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पोल्नु पर्ने रीस इवी नदेखिएमा आफ्नो बिरुद्ध भएको फैसला ऊपर अपील नगरी बसेमा अपराध गरेकै ठहरिने । आमा छोरा मिली प्र.कृष्णबहादुरलाई पोल्नु पर्ने रीस इबी केही नदेखिएकोले निज कृष्णबहादुरले काली दमिनीलाई करणी गरी गर्भ समेत रहेको ठहर्छ । शुरु देखिनै प्रतिवादी कृष्णबहादुरले अपील गर्न नसकेकोले समेत इन्साफ सदर । (प्रकरण नं.४ र ६) (२) पानी नचल्ने जातको १४ नं. – करणी छोए छिटो हाल्नु पर्ने पानी नचल्ने जातमा भएमा स्वास्नीकै जातमा मिलाई दिने । कृष्णबहादुरले काली दमिनीलाई करणी गरी गर्भ समेत रहेको ठहर्छ । जनई झिकी अभक्ष्य खुवाई द.भन्ने खोपी दमाई जातमा मिली बसूँला भन्ने कागज गराई साधक सदर नभए सम्म थुनी राख्ने भनी अमीनी गोश्वाराले ठहराई जाहेर गरेको मुनासिब छ । (प्रकरण नं.४ र ६) (३) ०१०।२।२५ को फूल कोर्ट निर्णय – जात पतित गर्नु पर्ने अभियोगमा इन्कारी भएमा । निज प्र.कृष्णबहादुरलाई जात पतित गर्ने हक्मा ०१०।२।२५ का फूल वेञ्चका निर्णय बमोजिम गर्नु । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2 |
|---|---|
| मुद्दाको विषय | जबरदस्ती घटीबढी करणी |
| निर्णय वर्ष / मिति | 2012/10/29 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१५, नि.नं. 2 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
