नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 199 · वि.सं. २०२०
नि.नं. 199 — घर चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भोगबन्धकी लिई भोग गरेको घर पाताल भए ऐनको म्याद भित्र नबनाई पातालै राखे साहुको थैली भुस हुने । घर धराप भई विपक्षीले बनाउन मञ्जुर नगरेकोले नगरपालिकाले मलाई बनाउन लगाउँदा जगैदेखि पल्टाई मैलेनै बनाई तयार गरेकोले घर भत्कि धराप भएपछि बनाउन खोज्दा घर बनाउनेको ४ नं. ले मेरो हक हुने भन्ने निवेदनका जिकिरका हकमा सो घर भत्की धराप भएपछि बनाउन खोज्दा प्रतिवादीले बनाउन नदिएकी भनी वादीले नगरपालिकाको मुद्दामा जिकिर लिईरहेको र भोगबन्धकी लिई भोग गरेको घर पातालसमेत भए बर्ष ४ महिना बाहेक भत्केको ३५ दिनभित्र बनाएन । पाताल राख्यो भने साहुको थैली भुसिन्छ । पाताल समाउन पाउँदैन । आसामीको हुन्छ भन्नेसमेत घर बनाउनेको ४ नं. मा उल्लेख भएको । सो अनुसार घर भत्कि पाताल भएको र नबनाई पातालै राखेको भन्ने नभई धराप भएकोसम्म घर धराप मुद्दाको मिसिलबाट देखिन आएकोले समेत यस्तो अवस्थामा घर बनाउनेको ४ नं. ले घरमा साहुको हक नपुग्ने भन्ने मिल्ने देखिएन । (प्रकरण नं. ५१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 199 |
|---|---|
| मुद्दाको विषय | घर चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2019/11/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 199 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
