नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 198 · वि.सं. २०२०

नि.नं. 198 — बन्धकी थैली बुझाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मनासिव माफिकको कारण नभई बन्धकी खाने साहुले जग्गा निखन्न दिन्न भन्न नहुने । तेरो मेरोमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा मालबाटै निर्णय भयो । मेरो खेत मुरी ३४। समेत किल्ला भित्र परेको छ भन्ने जिकिरका हकमा “साहु म्यादभित्र हाजिर हुन आई मनासिव माफिकको कारण बताई थैली बुझिलिन मुन्जुर नगरे सोही व्यहोराको कागज गराई निखन्न आउनेलाई ३५ दिन भित्र अदालत अमिनीमा नालेस गर्न जानु भनी सुनाउनु भन्ने ०४।४।६ को सनदमा उल्लेख भएकोले माल गोश्वाराले गरेको निर्णय बेठीक भनी भन्न मिलेन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.198
मुद्दाको विषयबन्धकी थैली बुझाई पाउँ
निर्णय वर्ष / मिति2020/03/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह | माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 198
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्