नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 196 · वि.सं. २०२०
नि.नं. 196 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) २०००।७।१ देखि अघिकोमा मानु छुट्टिएको मिति कस्तो प्रमाणबाट कायम गर्नुपर्ने ? सम्वत् २०००।७।१ देखि उप्रान्तलाई मानु छुट्टिएको र जोरिएकोमा लिखत भई रजिष्ट्रेशन पास गर्नु पर्ने । सो नभए सदर हुँदैन । २०००।७।१ देखि अघिकोलाई मानु छुट्टि भिन्न बसेको कागज पास गराए पनि बदर हुँदैन भन्ने रजिष्ट्रेशनको ३क. नं. मा उल्लेख भएको हुँदा २०००।७।१ देखि पछिको हकमा प्रष्टै कानूनी व्यवस्था भईराखेको हुनाले त्यसतर्फ केही विचार गरिरहन परेन । २०००।७।१ देखि अगाडिको हकमा कस्तो प्रमाणलाई पक्का मान्नु पर्ने हो ? भन्नेतर्फ विचार गरेमा, कागज पास नगराए पनि बदर हुँदैन भन्ने उक्त रजिष्ट्रेशनको ३क. मा उल्लेख भएको, सो रजिष्ट्रेशन ३क. दफा लागू हुनुभन्दा अगाडि मानु छुट्टिएको मितिको कागज हुनैपर्छ भन्ने बाध्यता तत्काल प्रचलित कानूनमा भएको नदेखिएकोले कागज भएकोमा पास नगराए पनि बदर नहुने संकेतसम्म गरेको देखिने हुनाले मानु छुट्टिएको देखिने भएको वा दुवै पक्षको मुख मिलेकोमा सोहीबमोजिम मुख पनि नमिलेको लिखत पनि नभएकोमा भोग दर्ता तिरो समेतका अरु पक्का प्रमाणका आधारमा मानु छुट्टिएको मिति कायम गर्ने माथि लेखिएबमोजिम कुनै पनि पक्का सबुद आउन नसकेमा फिराद दायर भएको अघिल्ला दिनलाई मानु छुट्टिएको मिति कायम गर्न मनासिव देखिन्छ । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 196 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2020/02/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह | माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री | माननीय न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री मीनबहादुरज्यूले पहिले नै राय व्यक्त गरी सक्नुभएको देखिनाले अर्को बेञ्च कायम गरी मुद्दा हेर्नुपर्ने र यसमा ऐनबमोजिम मानु छुट्टिएको मिति कायम गर्न कस्तो प्रमाणबाट कार्य गर्नुपर्ने हो |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 196 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
