नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 194 · वि.सं. २०२०

नि.नं. 194 — घरको बाहाल भराई घरबाट उठाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अपुतालीको २ नं.– बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउँदैन । ....मर्नेकासँग बसेका वा भिन्न भई बसेका स्वास्नी छोराहरू अथवा ३ पुस्तासम्मको सँग बसेका हकवाला पनि रहेनछन् । विवाह नभएकी कन्या छोरी मात्र वा विवाह भएका अथवा आफू मिल्दामा पोइल गएका छोरीहरू पनि रहेनछन् भने विवाह भएका र पोइला गएका छोरीले पाउँदैनन् । विवाह नभएका कन्या छोरीले मात्र विवाह नहुन्जेल र आफू मिल्दामा पोइला नजाउन्जेल बाबु आमाको अपुताली पाउँदछन । बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउँदैनन । (प्रकरण नं. २२) (२) आफ्नो हकभन्दा बढी हक कसैले कसैलाई प्रदान गर्न नसक्ने । अपुतालीको २ नं.बमोजिम बाजेको आर्जनमा कन्या अवस्थामा जीवित रहुन्जेल उपभोग गर्न पाउने हक मात्र लानीदेवीको भएको हुँदा निजको मृत्युको साथै निजको वा निजबाट हक प्राप्त गर्नको उपभोग गर्ने हक स्वतः खतम हुने र आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई प्रदान गर्न नसक्ने हुँदा लानीदेवीको वादीको स्वीकृति बिना गरी दिएको लिखतको आधारमा लानीदेवी मरेपछि घर भोग चलन गर्ने वादीको हक छैन भन्ने र रत्नदेवको अपुतालीका नाताबाट घरमा हक पाउने वादीले लानीदेवीले लिएको ऋण रु. ६५। नतिरेसम्म वादीको बाहाल भराई उठाई पाउँ भन्ने दावी पुग्न सक्तैन भन्ने जिकिर कानून मिल्दो देखिएन । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.194
मुद्दाको विषयघरको बाहाल भराई घरबाट उठाई पाउँ
निर्णय वर्ष / मिति2019/08/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद प्रधान | माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 194
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्