नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 192 · वि.सं. २०२०
नि.नं. 192 — जग्गा निखनाई पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साहु आसामीको ९ नं. अनुसार ६ महिनासम्मको अवधिमा थाहा पाएको ३५ दिन भित्र निखन्न पर्ने । साहु आसामीको ९ नं. मा “बेचे किनेको मितिले हकवाला यसै सरहदमा भए ६ महिना विदेश गएको भए १ बर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ” भन्ने उल्लेख भएको । उक्त ऐनमा ६ महिना बर्ष दिन भित्र भन्ने बोली नपरी “सम्ममा” भन्ने लेखिएकाले ६ महिना र एक बर्षसम्म थाहा पाउने म्याद र सो अवधिसम्ममा थाहा पाएका ३५ दिन भित्र निखन्ने म्याद दिएको देखिन आएकोले निखन्न पाउने अन्तिम हद ६ महिनासम्म हो र सो अवधिमा थाहा पाएको ३५ दिनभित्र नालेस दिनपर्ने भन्ने निवेदक तर्फका विद्वान वकीलको जिकिर उक्तकानूनको मनसायबमोजिम देखिएन । (प्रकरण नं. २०) (२) हकदारले निखन्नलाई थाहा पाएको मिति कसरी कायम गर्ने ? वादी हकदारै होइन भन्ने प्रतिवादी नपरेकाले र अघि करकाप मुद्दामा पुरुषोत्तमले वारेस दिंदा वादी साक्षी बसेकोबाट थाहा पाएको भन्ने हकमा लिखत पास हुनुभन्दा अगावैको हुनाले सो मिति कायमै मान्न नमिल्ने र वादीको शुरु उजुरीमा “म हकदारलाई थाहा नदिई राजिनामा लिन दिन गरेछन र लिखत पासमा नालिस परी पास हुने ठहराई फैसला भई ०१२।४।१३ मा पास गरी लिएछन । सो कुरा ०१२।१०।५ मा नक्कल सारी लिए पछि थाहा पाए” भन्ने उल्लेख भएको । यो किसिमबाट नक्कल लिई थाहा पाएको भन्ने नभएकोले अगाडि नै वादीले यो कुरा थाहा पाईसकेपछि मात्र नक्कल लिन गएको भन्ने झल्किन आए पनि लिखत पास भएपछि यो मितिमा वादीले थाहा पाएको भनी प्रतिवादीले सबुद पुर्याई खण्डन गर्न नसकेको हुनाले वादीले थाहा पाए भनेको ०१२।१०।५ गते नै थाहा पाएको मिति कायम मान्नु पर्ने हुन आई कानूनको अवधि भित्रैको वादीको दावी उजुर परेको देखिंदा वादीले निखन्न पाउने नै देखिन ठहर्न आएकोले निजले निखन्न पाउने गरी ०१४।११।१५ मा डिभिजन बेञ्चबाट भएको फैसला मनासिव छ । (प्रकरण नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 192 |
|---|---|
| मुद्दाको विषय | जग्गा निखनाई पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2019/07/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 192 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
