नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 191 · वि.सं. २०२०

नि.नं. 191 — राजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्हेडिक साहु तिरेको फट्टाहरूसमेत रीतपूर्वक पेश भई पास हुनुपर्ने – नगद लिएको भनेको कुन कामको निमित्त आवश्यक परी लिएको हो । सो कुराको वापत जनिनु पर्ने । फैसलाले सदर भएको मोहरू. १७२०।५८ भन्ने लेखिए पनि प्रधान न्यायालयको फैसलाबाट रु. ११६६। मात्र सदर भएको देखिएकोले रुपैयाँको अंक मिल्न नआई फरक परेको र न्हेडिक साहु तिरेको फट्टाहरूसमेत रीतपूर्वक पेश गरी पास भएको पनि देखिएन । यदि साहुहरू तिरेको नगद रु. ६०९१।४२ लिएको भए आसामीले पाईन भनी उजु गरे म बुझाउँला भनी बजराजले कबुल गर्नुपर्ने कारण प्रयोजन नै देखिन नआउने र सो नगद लिएको भनेको रु. ६०९१।४२ निज लक्ष्मीदत्तले कुन कामको निमित्त आवश्यक परी लिएको हो ? सो कुराको वापत पनि जनिएको नदेखिएको हुनाले शुद्ध व्यवहार भन्न भएन । (प्रकरण नं. २७) (२) अगावै रजिष्ट्रेशन पास गरी अर्कै साहुलाई लेखी दिएको–दोहोरा पारी लिखत गराई लिएको जाल गरी पास गराएको हुने । अगावै रजिष्ट्रेशन पास गरी अर्को साहुलाई लेखी दिएको सो साहुहरूको रुपैयाँ नबुझाई दोहरा पारी लिखत गराई लिएकोबाट र साहु जीवकुमारीको हकको जग्गालाई मेरो हकको भनी लक्ष्मीदत्तबाट कागज गराइएकोले जाल गरी पास गराई लिएको भन्ने उजुर मनासिवै देखिन आउँछ । (प्रकरण नं. २८) (३) घरको जेठो बाठो मुख्य दाज्यू छँदाछँदै लठेब्रो भाइसँग भएको व्यवहार साहु आसामीको ६ नं. ले सदर मान्न नहुने । घरको मुख्य व्यवहार गर्ने निज लठेब्रो लक्ष्मीदत्तको एकाघरको दाजु हेमनिधि विदेशतर्फ गैरहेको भन्ने कुरा प्रतिवादी पक्ष सावितै भएको हुनाले लठेब्रो लक्ष्मीदत्तले लेखी दिए भनेको खेत पाखोमा निजको समेत हक पुग्नेमा घरको जेठो बाठो मुख्य दाज्यू छँदाछदै लठेब्रो भाइसँग विनाकारण त्यतिका रुपैयाँको अंक हाली भएको व्यवहार साहु आसामीका ६ नं. ले सदर मान्न नहुने हुनाले समेत ०६।१०।१५ मा घरसारमा र ०७।४।१५ मा पास भएको धनी सूर्येप्रसाद ऋणी लक्ष्मीदत्त भई गरेको राजिनामा लिखित बेरीतको देखिएकाले बदर हुने ठहर्छ । (प्रकरण नं. २९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.191
मुद्दाको विषयराजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ
निर्णय वर्ष / मिति2019/04/30
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 191
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्