नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 190 · वि.सं. २०२०
नि.नं. 190 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) चल धानमाल बुझेको छोडपत्र पास गर्नु नपर्ने । ...चल धनमाल बुझेको कागज रजिष्ट्रेशनको ३।४ नं. का ऐनले पास गर्नुनपर्ने भएकोले चल धनमाल अर्थात लत्ताकपडा नगद सुनाचाँदीको हकमा सो लिखतबाट वादीले लिइसकेको कायम हुने भएकोले चल धनमालतर्फ बण्डा गरी दिनपर्ने देखिएन । (प्रकरण नं. २५) (२) अचल घर जग्गा गैह्रको हकदावी छाड्दा अड्डामा गई पास गराउनु पर्ने । रजिष्ट्रशनको ३ नं. मा देहायमा लेखिएबमोजिमको कागजपत्र गर्दा गराउँदासमेत रजिष्ट्रेशन अड्डामागै पास गराउनु भन्ने र देहायमा आफ्नो हक छोडी दिएको इत्यादि कागजपत्र भन्ने लेखिएको हुनाले उक्त ऐनले अचल घर जग्गा गैह्रको हकदावी छाड्दा अड्डामागै पास गराउनुपर्ने देखिन्छ । पास नगराएको सदर नहुने भएकाले अचल घर जग्गाको हकमा बण्डा गरी दिनै पर्ने देखिन आयो । (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 190 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2019/02/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री वासुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 190 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
