नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 181 · वि.सं. २०१९
नि.नं. 181 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. मुद्दा चल्दा चल्दैको अवस्थामा – अ.बं. ३४ को रीतपूर्वक भएको छोडपत्रलाई कानूनले सदर मान्नुपर्ने । मुद्दा चल्दाचल्दैको अवस्था उक्त छोडपत्र भएको देखिएतापनि फैसला नहुँदै मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्नु हुँदैन भन्ने कानूनी व्यवस्था नभएको । हामीलाई करकापसँग कागज गरायो भन्ने वादी सन्तमायाको उजुरी नभई त्यसमा चित्त नबुझेको भन्ने बिन्तिपत्रसम्म दिएको । यस्तो बिन्तिपत्र दिंदैमा त्यसलाई अंशबण्डाको ५१ नं. बमोजिम उजुरी पनि भन्न मिल्न नआएको र अ.बं. ३४ नं. रीतपुर्याई लिखत भएकै देखिएकोले समेत उक्त छोडपत्र लिखत कानूनले सदर मान्न पर्ने नै देखिन्छ । (प्रकरण नं. १९) २. नावालकको हकमा – छोडपत्र गरि दिएको भए अ.बं. ३४ नं. बमोजिम चित्त नबुझ्ने नाबालकले उजुर गर्न पाउने । ....... नाबालक छोराहरूको हक मेटिन गयो कि भन्नलाई आमाले छोडपत्र गरिदिएकोमा चित्त नबुझ्ने नावालकहरूले उमेर पुगेपछि उजुर गर्न पाउने अ.बं. ६४ नं. ले दिएकै (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 181 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2019/12/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 181 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
