नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 177 · वि.सं. २०१९

नि.नं. 177 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. शेषपछि सम्पत्ति खाने भन्ने धर्मपुत्र — शेषपछि उक्त धनमालमा उजुर गर्ने पाउने । प्रस्तुत मुद्दाका वादीलाई गरिदिएको ०६।१२।८ गतेको लिखतमा शेषपछि सम्पत्ति खाने व्यहोरा मात्र नभई धर्मपुत्र राखेको भन्ने व्यहोरासमेत परेको र सो कागजमा लोग्ने स्वास्नी दुवैको शेषपछि खान पाउने व्यहोरा लेखिएकोमा सो कागज गरिदिने लोग्ने शेष औसान मरिसकेको । सो धर्मपुत्रको कागज बदर गरीपाउँ भन्ने यो मुद्दा पर्नु अगावै प्रतिवादी गौसनियाले दिएको मुद्दामा लाग्ने शेष औंसनको जिन्दगी छँदासम्म स्याहार सम्हार गरेकै देखिंदा गौसनियाको शेषपछि शेष औसानको भाग यो वादी इसा महमदले खान पाउने शेष औसानको भाग यस मुद्दाको प्रतिवादी गौसानियाले बेचबिखन गर्न नपाउने गरी मध्यमाञ्चल उच्च अदालतबाट अन्तिम फैसला भएको देखिएबाट प्रस्तुत मुद्दामा वादीको उजुर पर्ने हक छैन भन्न मिल्ने देखिएन । (प्रकरण नं. १४) २. आफु खुशगर्न पाउने सम्पत्तिको भाग बेचबिखन गरेको सदरै हुने । आफू खुशगर्न पाउने आधा १० बिगाहा मध्येबाट ६।३।।२ मात्र बिक्री भएको देखिएकाले वादीको हक मेटिएको नभई आधा हक कायमै रहिआएको र ६।३।।२ जग्गाको बिक्री बदर हुन्छ भन्दा प्रतिवादीले आफू खुश गर्न पाउने ठहरेको जग्गा आफु खुश गर्न नपाउने हुन आउने हुनाले प्रतिवादी गौरानियाले ०१५।६।१५ मा प्रतिवादी सबुहनी शेखिनीलाई राजीनामा गरी बिक्री गरेको बेमुनासिब भन्न मिलेन ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.177
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2019/10/12
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१९, नि.नं. 177
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्