नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 173 · वि.सं. २०१९
नि.नं. 173 — बकसपत्र जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रजिष्ट्रशनको १२ नम्बर–पास गरी दिने म्याद भित्र लिखत गरी दिने मरी पास गराउन नपाए–ऊ मुनीका हकदारले बाँकी म्याद भित्र पास गराई लिनु दिनु पर्ने–ऊ मनीका हकदारका नाउँमा नालिस नगरी अन्य हकदारको नाममा नालिस गरेमा–दण्ड सजायको ५३ नम्बर बमोजिम खारेज हुने । पास गरी दिने म्याद भित्र लिखत गरी दिने मरी पास गराउन नपाए उ मुनीका हकदारले बाँकी म्याद भित्र पास गराई लिनु दिनु पर्छ भन्ने रजिष्ट्रेशनको १२ नं. मा उल्लेख भएको देखिन्छ । लिखत गरी दिने जमुनीका हकदार निजको लोग्ने रत्नदास खडै भएको देखिएकोले उक्त कानूनले निज रत्नदासबाट पास गराई लिनु पर्ने पास गरी नदिए निजका नाउँमा नालेस गर्नु पर्नेमा निज रत्नदासका नाउँमा नालेस नगरी रत्नदासको दाजु कृष्णगोपालका नाउँमा नालेस दायर गरी मुद्दा चलिआएको रजिष्ट्रेशनका १२ नं. ले मुनासिव भन्न नभएकोले यो मुद्दा दण्ड सजायको ५३ नं. बमोजिम खारेज हुने ठहर्छ । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 173 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र जालसाजी |
| निर्णय वर्ष / मिति | 2010/03/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 173 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
