नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 171 · वि.सं. २०१९
नि.नं. 171 — थैली बुझाइ पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हकसफा गर्ने म्याद बारे–घरायसमा भएको लिखतमा सही गर्नेको हकमा म्याद कहिले देखि शुरु हुने ? अन्य घरायसको कागजमा सही नपरेका हकदारहरूका लागि म्याद कहिले देखि शुरु हुने ? रजिष्ट्रेशनको ३२ नं. मुताविक घरायसमा भएको लिखतमा सही गर्नेको हकमा एक व्यवस्था र सही नगर्नेका हकमा अर्को व्यवस्था देखिने । ...म्याद कहिले देखि लागू हुने हो ? त्यस तर्फ विचर गर्दा, रजिष्ट्रेशनको ३२ नं. मा “रजिष्ट्रेशन पास गर्नु पर्ने कागज घरायसमा पहिले कागज गराई पछि पास गराएकोमा निखन्न र नालिस उजुर गर्नालाई हदम्याद कायम गर्दा घरायसमा पहिले कागज भएको भए पनि अड्डामा रजिष्ट्रेशन पास भएको मिति कायम गर्नु । घरायसमा भएको कागजमा सहीछाप गर्नेको हकमा भने घरायसमा कागज भएकै मिति कायम गर्नु भन्ने लेखिएबाट सो ऐनले घरायसमा भएको लिखतमा सही गर्नेको हकमा एक व्यवस्था र सही नगर्नेका हकमा अर्को व्यवस्था गरेको पाइयो । (प्रकरण नं. १३) (२) ऐनद्वारा प्रस्तुत सुविधा पक्षले पाउनै पर्ने । ...घरायसमा लिखत हुँदा साहिछाप नपरे तापनि घरायसमा कागज भएको कुरा थाहा पाउनेका हकमा सो थाहा पाएकै मिति कायम गर्ने ऐनको मनसाय भए सो कुरा ऐनमा खुल्नु पर्ने, सो खुलेको नदेखिएकोले रजिष्ट्रेशनका ३२ नं. ले दिएको सुविधा प्रस्तुत मुद्दाको वादी निबेदकले पाउँदैनन् भन्न न्यायोचित देखिएन । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 171 |
|---|---|
| मुद्दाको विषय | थैली बुझाइ पाउँ |
| निर्णय वर्ष / मिति | 2019/07/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 171 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
