नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1556 · वि.सं. २०३९
नि.नं. 1556 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै पनि अधिकार प्राप्त निकायले निर्णय गर्दा जुन कुराको दावी उजुरवालाले लिएको छ सोही कुरामा सीमित रहेर निर्णय गर्नु पर्छ । वादी दावी भन्दा बाहिर गई गरिएको निर्णयलाई स्वीकार योग्य मान्न सकिदैंन । (प्रकरण नं. ११) (२) सनदले प्रदान गरेको अधिकार क्षेत्र भन्दा बढी अधिकार प्रयोग गरेको देखिन आएकोले उक्त विषयमा अधिकार क्षेत्र नाघी निर्णय गरेको देखिन्छ । तसर्थ पशुपतिनाथ अमालकोट कचहरिले ०३१।८।६ मा विवादको घर जग्गा ओमकारनाथका नाउँमा लगत कस्ने गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1556 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2039/05/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज गुरुघराना | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1556 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
