नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1530 · वि.सं. २०३९

नि.नं. 1530 — उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धि ऐन, २०२१ को दफा २५ (२) बमोजिम मोही हुनलाई ऐनको दफा ३४(१) अनुसार मोही र जग्गावालाको बीचमा तोकिए बमोजिमको लिखित कबुलियत हुनुपर्छ र दुवैको सहिछाप भएको कबुलियतको अर्को एक प्रतिलिपि स्थानीय पञ्चायतमा दाखिल गर्नु पर्ने अनिवार्यता छ । सो को अभावमा विवादको कि.नं.४८ को मोही विपक्षीलाई ठहर गरेको सो ऐन, ०२१ को दफा ३४(१) को त्रुटि भएको हुँदा सो हदसम्म भूमिसुधार कार्यालय झापाको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1530
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरि पाऊँ ।
निर्णय वर्ष / मिति2039/01/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1530
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्