नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1526 · वि.सं. २०३९
नि.नं. 1526 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीको उमेर ३५ बर्ष नाघी सकेको र विवाह भएको २००३ सालबाट विवाह भएको १५ बर्ष समेत नाघी सकेको देखिन्छ । यस स्थितिमा वादी लोग्नेसँग बाट अंश पाउने अवस्था पुगी सकेको देखिएको र २०३२।१०।२६ का दिन घरबाट निकाला गरी दिएको भन्ने वादी दावी भएको देखिँदा वादीले लोग्नेबाट आफूले पाउने आफ्नो अंश भाग अंशबण्डाको १०, १०(क) र लोग्ने स्वास्नीको महलको ४ नं.र निजको लोग्ने जीवित छ भन्ने प्रतिवादीबाट प्रमाणित हुन नआएकोले प्रमाण ऐन, २०३१ को दफा ३२ बमोजिम समेत वादीले अंश भाग दाबी गर्न पाउन सक्ने देखिन्छ। (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1526 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2039/01/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1526 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
