नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1523 · वि.सं. २०३८

नि.नं. 1523 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विवादको लिखत २०३४।७।१४ मा रजिष्ट्रेशन भएकोमा त्यसको नक्कल ०३५।१।१८ मा सारी लिई वादीलाई सो लिखत भएको थाहा हुन आएको र ०३५।३।२० मा प्रस्तुत फिराद परेको देखिन्छ, लेनदेन व्यवहारको १० नं. मा उल्लेख भए बमोजिम रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा वादीले ०३५।१।१८ मा नक्कल सारी लिई थाहा पाई ०३५।३।२० मा फिराद गरेकोबाट सो १० नं. मा लेखिएको एकवर्ष सम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा प्रस्तुत फिरादपत्र थाहा पाएको पैंतीस दिन नघाई परेको र यसरी हक म्याद नघाई परेको फिरादबाट कारवाई किनारा गर्न नपर्नेमा पुनरावेदीका प्रतिवादीको जिकिर बमोजिम गरेको कारवाई मिलेको नदेखिनाले पुनरावेदन जिकिर अनुसार वादी खारेज हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1523
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2038/11/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1523
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्