नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1521 · वि.सं. २०३८

नि.नं. 1521 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुचुल्कामा घाउमा किरा परेको भन्ने भनाई लेख हुँदा त्यस्तो सडेगलेको किरा परेको घाउ के कस्तो प्रकार के बाट भएको हो यकिन रूपले भन्न सकिँदैन । गर्मिको मौसम देखिन्छ, त्यस्तो अवस्थामा सडेगलेको र किरा समेत परेको लाशमा निलडाम र घाउ छुट्याउन सक्ने अवस्था नहुँदा उक्त लासजाँच मुचुल्का शंकायुक्त भई अदालतले भर गर्ने स्थितिको छैन । (प्रकरण नं. २७) (२) लबेदा शुरूवालमा लागेको रगतको रासायनिक जाँचको अभावमा केवल अनुमान र शंका लिई प्रहरीमा भएको प्र.साविती स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म प्र.मनिराजले कालिमा लिम्बुनीलाई मारेको भनी दोषी ठहराउन मिल्दैन । शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्र.ले सफाई पाउने ठहर्छ । (प्रकरण नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1521
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2038/12/31
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1521
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्