नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1517 · वि.सं. २०३८
नि.नं. 1517 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकले पेश गरेको हिसाव कितावलाई अमान्य घोषित नगरी अघिकै निर्णयमा लिएका आधारलाई पुनः आधार बनाई हचुवा किसिमले आय कायम गरी कर निर्धारण गरेको निर्णय बदर हुने । (प्रकरण नं. ७) (२) राजस्व न्यायाधीकरणबाट कर निर्धारण बदर भएपछि पुनः आय र कर निर्धारण गर्न सम्बन्धित पक्षलाई राखी निर्णय गरेको देखिएन साथै जे जति रकम निर्धारण भएको थियो सोही रकम रू.१७०१०। पुनः कायम पनि गरिएकोबाट कानूनले निर्धारित गरेको प्रक्रिया नअपनाई रीत सम्म पुर्याउने उद्देश्यले पर्चासम्म खडा गरेको हुँदा राजस्व न्यायाधीकरणबाट बदर गर्ने गरेको निर्णय निरर्थक हुन गएको छ । तसर्थ पक्षलाई समेत उपस्थित गराई प्रतिवादको मौका दिई निर्णय गर्नु पर्नेमा नगरेको हुँदा कर अधिकृतको निर्णय बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1517 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2038/10/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1517 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
