नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1515 · वि.सं. २०३८

नि.नं. 1515 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरीमा साविती बयान भएको तर अदालतमा इन्कारी भए तापनि मर्ने जोगेन्द्रको मृत्युको कारण सास थुनिनाले (Asphyxia) भएको देखिन्छ । जोडले घाँटी माडेको कारणबाट हुन सक्छ भनी लासजाँचको प्रतिवेदनमा उल्लेख भएबाट प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान पोष्टमार्टम रिपोर्टबाट समर्थित हुन आएको छ । निवेदकहरूले प्रहरी समक्ष गरेको उक्त बयान निजहरूको इच्छा विरुद्ध भएको भनी भन्न सकिने कुनै आधार देखिँदैन तसर्थ प्रतिवादी जलिल भन्नेलाई ज्यान सम्बन्धीको १३(४) र मोहर अलि मुसलमानलाई ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको शुरू रूपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1515
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2038/10/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्दबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्वत
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1515
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्