नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1514 · वि.सं. २०३८
नि.नं. 1514 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) स्वयम निवेदक प्रतिवादीले यो यस कारण परिवन्ध परी रिस थाम्न नसकी साधारण लठ्ठी, ढुंगा, हात, मुक्का हिर्काएको हो भन्ने कुरा देखिन आउँदैन । यस्तो स्थितिमा ज्यान सम्बन्धीको १४ नं. लाग्नु पर्ने भन्ने जिकिरसँग सहमत हुन सकिएन । चश्मदिद् बाबुरामले ढुंगाले मर्ने जोखे तामाङको छातीमा हिर्काएको भनी बकपत्र गरेबाट जोखे तामाङको मृत्यु कर्तव्यबाटै भएको रहेछ भन्ने सिद्ध हुने आयो, अभियुक्त उपर किटानी जाहेरी दरखास्त परेको र अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरे पनि वारदात स्थलमा आफू रहे भएको कुरामा सावित भएको र घटना घटेको समय भन्दा अगावै उक्त स्थानबाट आफ्नो घर तर्फ गए भन्ने कुराको प्रमाण बाबुरामले दिन गुजार्न सकेको पाइंदैन । चश्मदिद साक्षीले ढुंगाले छातीमा हिर्काएको भन्ने कुरा लासप्रकृति मुचुल्काले समर्थन गरेकोबाट प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको सिद्ध हुन आएकोले ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको इन्साफ सदर गरेको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1514 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2038/11/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1514 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
