नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1510 · वि.सं. २०३८
नि.नं. 1510 — उत्प्रेषणयुक्त, परमादेश वा जुन उपयुक्त हुन्छ, जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिखतको सम्बन्धमा जालसाज मुद्दा चली जिल्ला अदालत र अञ्चल अदालतबाट निर्णय भएको भन्ने निवेदकले मालपोत कार्यालय दाङमा दिएको निवेदनमै लेखिएको छ सो बमोजिम फैसला भए नभएको हेरी फैसला भएकोमा फैसला विपरीत हुने गरी लिखतको औचित्य तर्फ बोल्नु अधिकार क्षेत्रात्मक त्रुटि हुन्छ । खुलाउनु पर्ने कुनै कुरा अ.बं.१३३ नं. बमोजिम जहिलेसुकै पनि खुलाउन सक्ने अधिकार विपक्षलाई भएकोमा सो अधिकार समेत प्रयोग गरी निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी भएको मालपोत कार्यालय दाङको निर्णय त्रुटिपूर्ण देखिएकाले मालपोत कार्यालय दाङको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1510 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त, परमादेश वा जुन उपयुक्त हुन्छ, जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/09/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1510 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
