नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1499 · वि.सं. २०३८

नि.नं. 1499 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) के कस्तो अभियोगमा नोकरीबाट बर्खास्त गरेको हो सो आरोप र आधारहरू समेत उल्लेख भएको पाइँदैन । आरोप उल्लेख नभएको अवस्थमा त्यस्तो आरोपबाट निवेदकले कसरी सफाई लिन सक्छ ? यो विचारणीय प्रश्न छ । यस्तो अवस्थामा सफाई लिने अवस्था समेत पर्न आउँदैन । अतः निवेदकलाई आरोपको जानकारी हुन अनिवार्य छ । (प्रकरण नं. १०) (२) निजामती सेवा नियमावली, ०२१ को नियम १०,६, १०, १२ (ख) र निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) को त्रुटि देखिँदा निवेदकलाई नोकरीबाट बरखास्त गर्ने गरेको अर्थमन्त्रालय भन्सार विभागको पर्चा निर्णय र त्यससम्बन्धी सोही मितिको पत्र र श्री ५ को सरकारबाट भएको पुनरावेदन निर्णय समेतको सम्पूर्ण कारवाही उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठहर्छ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1499
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2038/08/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1499
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्